News

काल बनेर आएको टिपरले ठक्करर दिँदा प्रहरी जवान अमितको गयो ज्यान, एक घाइते

बुटवल- बुटवल धागो कारखानानजिकै टिपरले ठक्कर दिँदा एक प्रहरी जवानको ज्यान गएको छ। ज्यान जानेमा कपिलवस्तु नगरपालिका वडा नम्बर ४ तौलिहवा घर भई जिल्ला प्रहरी कार्यालय बाग्लुङमा कार्यरत् प्रहरी जवान अमित श्रेष्ठ रहेका छन् ।

दुर्घटनामा परी अर्का एक जना प्रहरी जवान घाइते भएको बताइएको छ ।बाग्लुङबाट बिदा लिएर घर आएका श्रेष्ठ र सोही कार्यालयमा कार्यरत् प्रहरी जवान सन्तोषी थारु सवार स्कुटरलाई लु१ख ८९९ नम्बरको टिपरले अगाडिबाट ठक्कर दिएको थियो।

प्रहरी जवान सन्तोषी थारुको दाहिने हात भाँचिएको र सोही मेडिकल कलेजमा उपचार भइरहेको छ। घटनामा संलग्न टिपर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक भने घटनास्थलबाटै फरार रहेको बताइएको छ ।

Related Articles

Back to top button
Close