मंगलबार ०५ आश्विन २०७८

काठमाडौ । चितवनकी विना सावकोटाको घटना रहस्यमयी बन्दै गएको छ । एक जना महिलाले उनीहरुलाई संगै देखेको बताएकी छन् । केटाले स्कुटर चलाएको र युवती स्कुटरको पछाडी बसेको आफुले देखेको बताएकी छन् ।

युवतीले म यस्तो अनुहार लिएर म घर कसरी जानु म म रि दिन्छु भनेर केटासंग बोलेको मैले सुनेकी हुँ, समय कतिवेला हो आफुले त्यो कुरा भने ख्याल नगरेको बताएकी छन् । केही अन्य स्थानियले पनि विना र प्रवेश विवाद गरेको आफुहरुले प्रत्यक्ष देखेको बताएका छन् ।

युवा युवतीको त्यस्तो कुरा सुनेपछि आफुले अरु महिलाहरुलाई पनि मैले आज यस्तो सुने भनेर कुरा गरेको पनि उनले बताएकी छन् । उनीहरुले अरु धेरै कुरा ख्याल नगरेको भएपनि दुवै जना स्कुटरमा बसेको देखेको र कुरा गरेको सुनेको बताएका छन् ।

यो अर्को समाचार, बंगलादेशमा विश्वकै सबैभन्दा सानो ठानिएको गाई हेर्नेको घुँइचो लाग्न थालेको छ। वासिङ्टन पोस्टका अनुसार यो गाई दुई फिटभन्दा सानो छ। यसलाई कुकुर, सानो बच्छाबाच्छीले पनि नाघ्न सक्छन्।

यो गाई चरिग्रामको एउटा गाई फार्ममा जन्मिएको थियो। फार्म संचालक काजी मोहम्मद अबु सुफियानका अनुसार यो गाईको नाम रानी हो र यो यतिबेला बंगलादेशभर चर्चित बनेको छ।

उनले आफ्नो गाई विश्वकै सानो गाई भएको दाबी गर्दै अब गिनिस बुक अफ वर्ल्ड रेकर्डमा यो गाईलाई सानो घोषित गर्न निवेदन दिने बताएका छन्। यो २० इन्च अग्लो गाई २३ महिनाको भएको छ। यसको लम्बाई २७ इन्च हो भने यसको वजन ५७ पाउन्ड हो।

सन् २०१४ मा भारतको २४ इन्च अग्लो गाईलाई विश्वकै सानो गाई घोषणा गरिएको थियो। अब रानी नै विश्वको सानो गाई बन्ने निश्चित देखिएको छ। यो गाई हेर्न आउनेको यतिबेला घुँइचो लाग्न थालेको छ।

२५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया