News

यातायात व्यवसायी भन्छन्, असोज १ गतेदेखि लामो दूरीका बस सञ्चालन गर्छौंः

पोखरा । चैत ११ पछि सरकारले लागु गरेको लकडाउनको कारण लामो दुरीमा सञ्चालन हुने सार्वजनिक यातायात सञ्चालनमा आएका छैनन् । लामो समय सम्म बस संचालन गर्न नपाउँदा व्यवसायीहरु मर्कामा परेको बताउँछन् ।

यातायत व्यावसायीका अनुसार लामो समय गाडी गुड्न नपाउँदा बसका पाटपुर्जामा खिया लाग्न थालेको र टायर विग्रने भएकाले थप खर्च बढ्ने यातायात व्यवसायीको गुनासो रहेको छ । सरकारले लामो दूरीको सार्वजनिक यातायात संचालन गर्ने भन्दै पटकपटक मिति तय गरे पनि सरकार आफैले तोकेको मितिमा सवारी संचालन गर्न नपाउँदा यातायात व्यवसायीले व्यावसायकि घाटा बेर्होनुु परि रहेको छ ।

आफुहरुको रोजी रोटी नै यही व्यवसायबाट हुने गरेको हुनाले लकडाउनका कारण साँझ बिहानको छाक टार्ने धौ परिरहेको बताउँदै व्यवसायी आफैले असोज १ देखि जर्बजस्ती रुपमा भएपनि लामो दूरीको सार्वजनिक यातायात संचालन गर्ने बताएका छन्आ । सरकारको अनुमति बिना नै आफुहरुले असोजको १ गतेदेखि लामो दुरीको यातायातलाई सञ्चालन गरि रहंदा सरकारी तवरबाट लगाईने कानुनी कारबाही खेप्न आफुहरु तयार रहेको पोखराका यातायात व्यावसायीहरुको भनाई छ ।

Related Articles

Back to top button
Close