News

सारा नेपालिको जित भयो, खुसीको खबर!बल्ल कुलमानको विषयमा कुरा मिल्यो, भोली नियुक्त गरिदै!

काठमाडौ -: प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार भएको नेकपाको स्थायी समिती बैठकपछि उर्जा मन्त्री वर्षमान पुनलाई बोलाएर नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरी कुलमानलाई नै नियुक्त गर्ने प्रस्ताव ल्याउन निर्देशन दिए ।यस अघि प्रधानमन्त्री ओली नै कुलमानलाई पुन नियुक्त गर्ने कुरामा सहमत थिएनन् । तर नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगको भेट पछि उनी कुलमानलाई नै पुन नियुक्त गर्ने विषयमा सहमत भएको बुझिएको छ ।

कुलमानको कार्यकाल सोमवार सकिदैछ । सोमवार नै मन्त्रीपरिषद बैठक बस्ने भनिएको छ । आजसम्म पनि नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकका बारेमा निर्णय नभएका कारण सर्वसाधारणले पनि यो विषयलाई चासोका साथ हेरिरहेका थिए ।सर्वसाधारण देखि कलाकार सम्मले कुलमानलाई नै फेरी प्राधिकरणमा ल्याउनुपर्ने दवाव सामाजिक सञ्जाल मार्फत दिएका थिए । प्रचण्डसंगको छलफल पछि ओली कुलमानलाई नै दोहोर्याउने सहमतिमा पुगेपछि अब बस्ने मन्त्रीपरिषद बैठकमा उर्जा मन्त्रालयका तर्फवाट प्रस्ताव जाने भएको छ ।

कुलमानको पहिलो चार वर्षे कार्यकाल सकिनु अघि आइतवार नै मन्त्रीपरिषद बैठक बस्न सक्ने पनि बताइएको छ । शुक्रबारको स्थायी कमिटि बैठक लगत्तै कुलमानलाई प्राधिकरणमा दोहोर्‍याउने सहमति ओली र प्रचण्डबिच भएको थियो ।

त्यस लगत्तै ओलीले लाइन मिनिस्टर वर्षमान पुनलाई बालुवाटार बोलाएर कुलमानलाई दोहोर्‍याउने गरी प्रस्ताव मन्त्रीपरिषदमा ल्याउन निर्देशन दिएका हुन्। शुक्रबार सत्तारुढ नेकपाको स्थायी समिति बैठकपछि प्रधानमन्त्री ओली र उर्जामन्त्री वर्षमान पुनबीच भएको भेटमा कुलमानलाई फेरि नियुक्ति दिने सहमति भएको हो।

मन्त्री पुनका प्रेस संयोजक दयानिधी भट्टले पनि सो कुराको पुष्टि गरेका छन् । उनले भने, ‘सहमति भैसक्यो, अब कुलमान घिसिङको नियुक्ति हुन्छ।’ कार्यकारी निर्देशक नियुक्ति सम्बन्धी नियमावलीमा पुनर्नियुक्तिको स्पष्ट व्यवस्था नभएकाले आइतबार वा सोमबार बस्ने नियमित मन्त्रीपरिषदबाट निर्णय गरेपनि त्यो नयाँ नियुक्तिजस्तै नै हुनेछ। र, नियमावलीअनुसार मन्त्रीपरिषदले सिधै नियुक्ति दिनसक्नेछ।

भट्टका अनुसार पनि संभवतः आइतबार नै मन्त्रीपरिषदको बैठक बसेर कुलमानलाई नियुक्ति दिने निर्णय हुनेछ। कार्यकारी निर्देशक भएपछि कुलमानले लोडसेडिङ हटाएर देशलाई उज्यालो बनाउन र ठूलो घाटामा चलिरहेको प्राधिकरणलाई नाफामा लैजान नेतृत्वदायी भूमिका खेलेका थिए।त्यसैले पनि जनस्तरवाट नै कुलमानलाई नै विद्युत प्राधिकरणमा पुन नियुक्त गर्नुपर्ने माग आएको छ । कलाकारहरुले कुलमानको पक्षमा सामाजिक अभियान नै सञ्चालन गरेका छन् ।

Related Articles

Back to top button
Close