मंगलबार १२ आश्विन २०७८

पछिल्लो समय समाजमा नकारात्मक घटनाहरु बढ्दै गै रहेका छन् । सामान्य विवादमा मानिसहरु मान्छेलाई नै सन्सारबाट बिदा गरिदिने काम गर्न थालेका छन् । अझ महिला र बालबालिकामाथि हुने हिं सा त समाजमा झनै बढिरहेका छन् । यस्तै एक घटना झापाको बिर्तामोडमा भएको छ ।

त्यहाँ बिहान मर्निङ वाकमा हिडेका एक ब्यक्तिले शं का स्प द केही बस्तु देखे । नजिकै गएर हेर्दा केटी मान्छेको शव भएको पाए र तत्कालै प्रहरीलाई खबर गरे । बिर्तामोडमा ती युवतीको शव फेला परेको समाचार एकै छिनमा फैलियो । उनी बिर्तामोड नगरपालिका वडा नम्बर ५ बस्ने २६ बर्षीया सिर्जना बस्नेत भएको थाहा भयो । उनको शव आफू बस्ने घर अगाडि सडक किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

बिहान बाटो हिँड्ने मानिसले बिर्तामोडको सुगम पेट्रोल पम्प उत्तर गणपति बेकरी नजिकै सडक किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी सन्तोष आचार्यले बताए ।

बस्नेत बिर्तामोडस्थित एक सहकारीमा कलेक्टरको काम गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीले उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको र घटनाको कारण र संलग्न ब्यक्ति पत्ता लगाउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।

७० पटक हेरिएको

तपाईको प्रतिक्रिया