आइतबार १९ आषाढ २०७९

कपालको लागी स्याम्पु किन्दा हामी धेरै ध्यान राख्ने गर्दछौँ तर कपालमा स्याम्पु लगाउँदा त्यति ध्यान पुर्याउदैनौ र प्रायजसो: हामी गल्तीहरू गर्ने गर्छौं । जसको परिणाम स्वरूप हाम्रो कपाल झर्ने र कमजोर हुने समस्या देखापर्छ । कपालमा स्याम्पु लगाउँदा ध्यान दिनुपर्ने विशेष कुराहरू यस्ता छन्, जान्नुहोस्।

-प्रायजसो: हामी सोच्ने गर्छौं कि अधिक स्याम्पुको सेवनले कपाल सफा र बलियो हुन्छ तर यो गलत हो । अधिक स्याम्पु सेवन गर्नाले नोक्सान पुर्याउँछ । कपालको लम्बाई अनुसार नै स्याम्पु लगाउनु पर्दछ ।

-कयौँ पटक हामी हतार-हतारमा टाउकोमा स्याम्पु सही तरिकाले सफा गर्दैनौ र कपालमा स्याम्पु रहने गर्दछ । जसको कारण कपाल झर्ने समस्या शुरू हुन्छ ।कयौँ पटक हामी हतार-हतारमा टाउकोमा स्याम्पु सही तरिकाले सफा गर्दैनौ र कपालमा स्याम्पु रहने गर्दछ । जसको कारण कपाल झर्ने समस्या शुरू हुन्छ ।

-स्याम्पु सफा गर्नको लागी टाउकोमा बल गरेर मसाज गर्नुहुँदैन । यसो गर्दा कपाल कमजोर हुने र झर्ने समस्या हुन्छ । यसको लागी औँलाको सहायताले स्याम्पु निकाल्नुहोस् ।

यो पनि पढ्नुहोस् : सफलताको १६ मन्त्र । पालना गर्नुस, जिन्दगीमा हुनेछ आमुल परिबर्तन
-स्याम्पुलाई हातमा राखेर लगाउनुहोस् किनभने सिधा टाउकोमा राख्दा एकै ठाउँको कपाल रुखो हुने गर्छ ।

-स्याम्पु मनतातो पानीको साथमा लगाउनुहोस् । धेरै तातो पानी प्रयोग गर्नुहुँदैन । तातो पानीको साथमा स्याम्पु लगाउनाले कपाल रुखो हुन्छ ।

-कपाललाई राम्रो सँग भिजाएपछि स्याम्पु लगाउनुहोस्।

-स्याम्पु टाउको पछाडीबाट लगाउदै आगाडी तर्फ आउनुहोस्

यो पनि पढ्नुहोला :

यदि तपाई चिया पिउनुहुन्छ भने यो जानकारी अवस्य पढ्नुहोस नत्र पछुतो होला

चिसोको समयमा सबैलाई चिया प्यारो लाग्छ । प्राय चियाको लतमा रहेकाहरुलाई समय–समयमा चिया खान मन लाग्छ । अझै पानी परेको वा जाडोको समयमा झनै धेरै पटक चिया खाइन्छ । चिया खादा तातो महसुस पहुन्छ ।

चिया नेपालीहरुको सभ्याता समेत बनेको छ । गाउँघरमा होस् वा शहरबजारमा घरमा पाहुना पुग्ने वित्तिकै चिया पकाएर खुवाउने चलन रहेको छ । यस्तै साथीहरु भेटघाटको क्रममा पनि सबैभन्दा पहिला चिया नै खाने गरिन्छ ।तर, तपाईलाई थाहा छ ? चियाले पारिवारीक, सामाजिक र साथीभाइबीचको सम्बन्धमा निकटता ल्याएपनि स्वास्थ्यका लागि भने निकै हानिकारक छ । वैज्ञानिक अनुसन्धानले चियामा तिन प्रकारको शरीरलाई असर पर्ने तत्व हुने बताएका छन् ।थिन=चिया पिउँदा हामीलाई आनन्दको अनुभुती भएजस्तो लाग्छ । तर त्यो आनन्द होइन थिन नामक तत्वको प्रभाव हो । थिनको प्रभावले हाम्रो शरीरको ज्ञान तन्तुहरुको संगठनमा विषालु प्रभाव पार्छ ।

टेनिन=चियामा पाइने टेनिन भन्ने तत्वले शरीरमा कब्जीयत गराउँछ । यसले पाचन प्रणालीलाई पनि कमजोर बनाउछ । यसले निद्रालाई समेत प्रभाव पार्छ । टेनिनि नामक तत्वको प्रभाव रक्सीको जस्तै मिल्दोजुल्दो हुन्छ । यसको प्रभावले शुरुमा जाता भएको जस्तो अनुभव हुन्छ तर केही समयपछि यसको असरले थकान उत्पन्न हुन्छ । जसले गर्दा चिया खान मन लाग्छ ।क्याफिन=चियामा पाइने क्याफिन एउटा खतरनाक तत्व हो । यसको असर रक्सी तथा तम्बाखुमा हुने निकोटिनको जस्तै हुन्छ । यसले शरीरलाई निर्वल बनाई यौन दुर्वलता समेत ल्याउँछ । क्याफिनले मुटुको धड्कन बन्द गराउन समेत सक्छ ।

आजभोली मुटु र रक्तवाहिनीमा समस्या भएका बिरामीहरु बढ्दै गएका छन् । यसरी बिरामीहरु बढ्नको कारण मध्ये एउटा कारण अधिक चिया पिउनु पनि हो । चियाको नसाले मानिसलाई बाहिर फुर्तिलो देखाएपनि भित्रभित्रै असर परिरहेको हुन्छ । चियामा पाइने क्याफिनले पिशावको मात्रामा ३ गुणा बढाउँछ । क्याफिनले शरीरभित्र रहेका दुषित मललाई मुत्रद्धारा निकाल्न दिदैन । जसले गर्दा दुषित मलहरु शरीरभित्र नै रहन्छ ।

त्यसको असरले जोर्नी दुख्ने, मिर्गौलामा खराबी आउने, मुटु सम्बन्धी रोग लाग्ने सम्भावन हुन्छ । चियामा हुने टेनिनको कारण पेटमा समस्या आउन सक्छ । जस्तै पेट फुल्ने, कब्जियत हुने, पेट दुख्ने समस्या आउँछ ।चिया अत्याधिक पीउदा दाँत र आँखा सम्बन्धि रोगको पनि जोखिम हुन्छ ।।चियाको विकल्प के ?तपाईलाई चिया खाने बानी परिसकेको भने एकैपटक चिया खानै छाड्न गाह्रो हुन्छ । त्यसैले चिया दिनका थोरै मात्रामा पिउने गरौं । साथै चियाको सट्टामा कागती पानी पिउन् बानी गर्नु उपयुक्त हुन्छ ।

६२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया