News

उपत्यकामा थपिए ४३१ संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार ४३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका तीन जिल्लामा १७१ महिला र २६० पुरुष गरी थप ४३१ कोरोना संक्रमित थपिएका हुन्।

आज काठमाडौंमा ३७७ (१५० महिला, २२७ पुरुष), भक्तपुरमा १७ (५ महिला, १२ पुरुष), ललितपुरमा ३७ (१६ महिला, २१ पुरुष) मा कोरोना पुष्टि भएको हो। मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन। यस्तै आज उपत्यकामा ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंकी ७६ वर्षिया महिला तथा ५१ र ५४ वर्षिय दुई पुरुष रहेका छन्। यस्तै भक्तपुरमा ३८ र ७२ वर्षिय दुई पुरुषको निधन भएको छ।उपत्यकामा शुक्रबार ६९६ जनामा कोरोना पुष्टि भएको थियो। आज देशभर एक हजार २०१ जनामा कोरोना संक्रमण देखिएको छ।

Related Articles

Back to top button
Close