News

गाडी धनीले बस भित्रै गरे देहत्याग

दाङ – विपदको समयमा निराशापन बढ्नु, एक्लोपना र आर्थिक समस्याका कारण देहत्यागका घटना बढेको स्वास्थ्य मन्त्रालयको एक अध्ययनले देखाएको छ। कोभिड—१९ को संक्रमण जोखिम न्यूनिकरणका लागि जारी भएको बन्दाबन्दीका समयमा सामाजिक सम्पर्क हुन नसक्दा एक्लोपना हुनु, आर्थिक समस्या, परीक्षण स्थगित हुनु जस्ता कारण यस्ता घटनाहरु बढेका हुन्।

यसै क्रममा तुलसीपुर बसपार्कमा एकजना गाडी धनीले बस भित्रै देहत्याग गरेका छन्। सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. १३ निवासी ३४ वर्षीय भरत बस्नेतले दाङको तुलसीपुरमा पार्किङ गरेर राखेको आफ्नो बस भित्रै शुक्रबार वि ष से;वन गरि देहत्याग गरेका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार बस्नेतले आफ्नो पार्किङ गरेर राखेको रा १ ख २१२२ नम्वरको बस भित्र शुक्रवार मध्यान्ह १२ बजेतिर देहत्याग गरेको जानकारी दिए। बस्नेतलाई राप्ती प्रादेशिक अस्पताल पुर्‍याए लगतै चिकित्सकले मृत घोषणा गरेको डिएसपी सिंहले बताए। बस्नेत आफै साहु र चालक हुन्।

Related Articles

Back to top button
Close