समाचार

भक्तपुर घटनामा नयाँ कुरा खुल्यो, बाबुले आमा छोराको ज्यान लिएको हुनसक्ने

काठमाडौं । शुक्रबार दिउँसो भक्तपुरमा एकैघरका ३ जना मृत अवस्थामा फेला परे । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ निकोसेरास्थित एक घरभित्र बाबु, आमा र छोरा मृत फेला परेका हुन् ।

३६ वर्षीय सुदिप अधिकारी, उनकी पत्नी ३४ वर्षीया सम्झना र १५ वर्षीय छोरा सुशान्त घरभित्र मृत फेला परेपछि घटना थप रहस्यमय बन्दै गइरहेको छ ।

घरभित्र ३ शवमध्ये आमा र छोराको शवमा किरा परेर गह्नाऊन थालिसकेको पाईएको थियो भने बुवा चाईंको शरिर सग्लै रहेको थियो ।

त्यस्तै सेतो रंगको कुकुर पनि मृत फेला परेको थियो । ढोका पनि थोरै खुल्ला थियो । घर सुनसान भएपछि घरभित्र पुगेका सुदिपका भाईले तुरुन्त प्रहरीलाई खबर गरे । प्रहरीले घटनाको अनुसन्धान शुरु गर्यो ।

अनुसन्धानको क्रममा सुदीपकी श्रीमती र छोराको मृत्यु केही दिनअघि भएको पत्ता लगायो । आमा र छोराको शव वरीपरी रगत देखिएपछि प्रहरीले अरुले नै ज्यान लिएको हुनसक्ने अनुमान गरेको छ ।

प्रहरीले उनीहरुको ज्यान लिन धारिलो हतियार प्रयोग गरिएको हुनसक्ने अनुमान लगाएको छ । त्यस्तै अनुसन्धानमा बाबु सुदीपले दुईको ज्यान लिएपछि आफ्नो ज्यान फालेको हुनसक्ने प्रहरीले अनुमान लगाएको जनाइएको छ ।

त्यस्तै भान्सामा पनि खानेकुरामा विष हालिएको हुनसक्ने गन्ध आएको बतायएको छ । शवहरु अहिले पोस्टमार्टमका लागि अस्पताल लगिएको छ भने रिपोर्ट आउन बाकीँ रहेको छ ।

Related Articles

Back to top button
Close