समाचार

२ बच्चा छोडेर भान्जासंग गएकी श्रीमती ‘फिर्ता ल्याइदिनु’ भन्दै श्रीमानले दिए प्रहरीमा निवेदन

काठमाडौ । संसारमा अनौठा घटना हुन्छन् । हिन्दु धर्ममा माइजु र भान्जाको सम्बन्ध निकै पवित्र मानिन्छ । भान्जालाई सम्मान र माया दिइन्छ । तर उनी माइजु आफ्ना २ सन्तान छोडेर भान्जासंग भागेको घटना सार्वजनिक भएको छ । उनको यस्तो निर्णयले मायाले नाता, जात, धर्म र उमेर केहि भन्दैन भन्ने देखाउँछ ।

आफ्ना श्रीमानसंग उनी लामो समय देखि नै डिभोर्स गर्न चाहन्थिन् । उनले त्यसका लागि श्रीमानलाई भनिन् तर श्रीमान राजी भएनन् अनि उनी आफ्नै भान्जासंग हिडिन् । भारतको मध्य प्रदेशमा यस्तो एउटा घटना भएको हो । एक व्यक्तिको आफ्नै भान्जाले पत्नी लगिदिए भन्दै प्रहरीमा उजुरी दिएका छन् । भान्जाले माइजुलाई भगाएको आरोप लगाएर मामाले प्रहरी कार्यालयमा रिर्पोट लेखाउँदा प्रहरी पनि आश्चर्य चकित भएका थिए ।

वास्तवमा महिला आफै भान्जासंग वेपत्ता भएकी थिइन् । ति महिलाको २१ वर्षका भान्जासँग प्रेम बसेपछि पतिसँग बस्न चाहानन्थिन् । महिलाले कयौपटक पतिलाई सम्बन्ध विच्छेद गरौ भन्दा नमानेपछि यस्तो गरेको बताइन् र अन्तिममा भान्जासँग भाग्ने निर्णय गरिन् ।

महिलाले भान्जासंग सम्बन्ध पनि राखिसकेको बताएकी छन् । यसपछि भान्जालाई लिएर एकाएक बेपत्ता भइन् । महिलाले प्रहरीसमक्ष भान्जासँग विवाह गरेर उनैसँग जीवन बिताउन चाहेको जानकारी दिइन् ।

अर्को तर्फ महिलाको पतिले भने अझैपनि आफु पत्नीसँग बस्न चाहेकोभन्दै प्रहरीलाई श्रीमती फिर्ता ल्याइदिन आग्रह गर्दै निवेदन दिएका छन् । उनले पत्नीले अरुको बहकावमा आएर यस्तो काम गरेको बताएरहेका छन् । तर महिलाले भने अब पतिको साथ छाडेर भान्जासँग बस्ने निर्णय गरीसकेकी छिन् । महिला र भान्जा आफ्नो जीवनको निर्णय गर्न सक्ने भएकोले कुनै कारवाही नहुँने प्रहरीले बताएको छ । महिला २ बच्चा र पतिलाई छाडेर आफै भान्जासँग गएकी हुन् । एजेन्सी

Related Articles

Back to top button
Close