News

दुःखद खबर; टिपरको ठ’क्क’रले “प्राइम टाइम” टेलिभिजनका दृष्य सम्पादक गौतमको निधन!

काठमाडौं । प्राइम टाईम्स टेलिभिजनका दृश्य सम्पादक अनिल गौतमको सडक दु’र्घटनामा परी निधन भएको छ । कार्यालयबाट घर फर्किने क्रममा गौतम सवार मोटरसाईकल ९ बा २९ प १४७९० लाई ट्रिपर (प्रदेश ३ ०१ क ४५६३) ले तिनकुने मुनिभैरव, कोटेश्वरमा ठ’क्कर दिँदा गौतमको घट्नास्थलमा निधन भएको हो ।

५२ वर्षीय गौतम भक्तपुरको कौशलटारमा स(परिवार बस्दै आएका थिए । उनको स्थायी घर भने काठमाडौंको धुम्बाराही हो ।गौतम विगत लामो समयदेखि विभिन्न मिडियामा कार्यरत थिए । गौतमलाई काठमाडौंको बानेश्वरमा रहेको सिभिल अस्पताल ल्याईएको थियो । तर, अस्पताल ल्याउनुअगावै उनको निधन भैसकेको चिकित्सकले जनाएका थिए ।

पोष्टमार्टमको लागि गौतमको शव त्रि।वि। शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ । अस्पतालमा प्राइम टिभीका अध्यक्ष ऋषि धमला, सिईओ निर्जल श्रेष्ठ र सहकर्मीहरु पुगेका थिए । उनी कार्यरत टेलिभिजनले गौतमको निधन प्रति दुख ब्यक्त गरेको छ ।

Related Articles

Back to top button
Close