NewsVideo

भक्तपुरमा कुकुरसहित सिंगो परिवारको एकै चि’हान, यसो भन्छिन् छिमेकी (हेर्नुस् भिडियो)

काठमाडौँ : भक्तपुरको मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी मृ’त अवस्थामा भेटिएका हुन् । साथै एउटा कुकुर पनि मृ’त अवस्थामा भेटिएको महानगरीय अ’पराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताएका छन् ।

तीनवटै श’व स’डेर फुलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । ४ ताले घरको पहिलो तलामा कुकुर र सम्झना मृ’त फेला परेका थिए । पहिलो तलास्थित कोठाको खाटमा भेटिएको सम्झनाको लास अर्ध न’ग्न अवस्थामा थियो ।

त्यस्तै अर्को तलाको अर्को कोठामा छोरा सुशान्तको ला’स पनि ‘हरेराम’ को कपडा ओडेर खाटमै घोप्टो अवस्थामा भेटिएको थियो । उनको ला’स पनि फु’लेर कालो भइसकेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिए । उनका अनुसार उक्त ला’स स’डेर ग’न्हाइसकेको थियो ।

घरको माथिल्लो तलाबाट कौशी बाहिर जाने प्यासेजमा भने घरधनी सुदीपको लास भेटिएको थियो । घरको अवस्था हेर्दा मृ’त्यु शंकास्पद देखिएको प्रहरीले जनाएको छ । भक्तपुर प्रहरीका अनुसार सुदीपका भाइले घ’टनाबारे प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त हुनासाथ घ’टनास्थलमा महानगरीय प्रहरी परिसर भक्तपुर र अ’पराध महाशाखाको टोली पुगेको थियो ।यस सम्बन्धि रिपोर्ट पुरा भिडियोमा हेर्नुहोला :

Related Articles

Back to top button
Close