मंगलबार १२ आश्विन २०७८

नुवाकोटको ककनी गाउँपालिकाबाट तीन किलो २०० ग्राम गाँजा जस्तै देखिने लागुऔषध प्रदार्थ ओसारपसार गर्ने क्रममा एक किशोरीलाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुर घर भएकी १७ वर्षीया किशोरीले जेब्रा झोलाभित्र परालले बेरी लुकाएर लादै गरेको अवस्थामा नापतौलअनुसार उक्त तौलको ३४ थान लागुऔषध गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

ककनी–२ स्थित खानी खोलाबाट काठमाडाँैतर्फ लैजाँदै गरेका अवस्थामा लागु औष धअन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले बताउनुभयो । लागुऔषध ओसारपसारमा किशोरी मात्र नभई अन्य चार जनाकोसमेत संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकाले उनीहरुको खोजी भइरहेको जानकारी दिनुभयो । (रासस)

२५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया