NewsVideo

दशैँका लागि खसी किन्न गएका १६ बर्षीय जनक खत्री मृत भेटीए (भिडियो हेर्नुस्)

काठमाडौ / सल्यानको काभ्रा भन्ने स्थानमा एउटा घटना भएको छ । काकासंग खसी किन्न भनेर संगै निस्केका एक युवकको भने निधन भयो । उनीहरुसंगै गएका अन्य दुई जना पनि घर फर्किए तर युवक भने घर नफर्कीए पछि अहिले परिवारले घटनामा शंका गरेका छन् । १६ वर्षका जनक केसी हराएपछि परिवारका सदस्यले खोजी गर्दा उनको शव फेला परेको हो । ति युवक आफ्ना अंकलसंग खसी किन्न भनेर गएको उनको दिदीले बताएकी छन् ।

जनकले म एक छिनमा आउँछु भनेर निस्केका थिए । एकै छिनमा फर्कन्छु भनेर गएका जनकसंगै गएका उनका काकाले संकास्पद व्यवहार देखाएका छन् । छोरा एक छिनमा आउँछु भनेर गएका थिए, गाउँकै अंकलसंग जान्छु भनेको थियो । उनीहरु यतावाट गए बाटोमा गएपछि अरु २ जना पनि थपिएछन् । ४ जना गएका थिए तर अरु तीन जना फर्कीए छोरा भने फर्किएनन् । लामो समयसम्म छोरा नआएपछि उनीहरुले विजयको मोवाइलमा फोन गरे त्यतीबेला उनको मोवाइल अफ थियो ।

उनकै बाटो हुँदै ति काका सुसेली हाल्दै फर्किए । राती करिब साढे १० वजे सुसेली हाल्दै फर्किएका ति काकालाई मेरो छोरा किन फर्केर आएन बाबु भनेर सोध्दा केही जवाफ नदिई गएको आमाले बताइन् । ति काकाले कतिवेला हामी संगै आएका थियौं भन्छन् भने कतिबेला केही बोल्दै नबोल्ने गरेको बताएकी छन् । भोलीपल्ट विहान करिब ७ वजेतिर भिरमा छोराको शव देखेर अरुले फोन गरे पछि थाहा पाएको बताइन् ।

अहिले ति काकालाई प्रहरीले पक्राउ गरेको छ । घटना कसरी भयो भन्ने बारे उनले कुनै वयान दिएका छैनन् । प्रहरीले पनि वयान लिन सकेकै छैन, उनले भनिन्, ति काकासंग छोरा विजयको यस अघि पनि विवाद भएको आमा र छोरीले बताएकी छन् । संगै गएका अर्का दुई साथी मध्य शंकर भन्ने ब्यक्तिसंग पनि विवाद भएको बताएकी छन् ।

Related Articles

Back to top button
Close