News

दुई प्रिमियम ब्राण्डका मोटरसाइकल नेपाल आउँदै, यस्ता छन् मोटरसाइकल

विश्व प्रसिद्ध पुराना ब्राण्ड जावा र हस्कभर्ना नेपालमा बिक्री सुरु हुने भएका छन् । दुई मध्ये हस्कभर्नाका उत्पादन नेपाल आइसकेको छ भने, जावाका मोटरसाइकल आउने क्रममा रहेका छन् ।स्वीडीस कम्पनी हस्कभर्ना ११७ वर्ष पुरानो ब्राण्ड हो भने जावा ९१ वर्ष पुरानो चेक ब्राण्ड हो । यी दुबै ब्राण्डका मोटरसाइकल अहिले भारतमा उत्पादन भइरहेका छन् ।

भारतीय अटो कम्पनी महिन्द्राले चेक ब्राण्ड जावाको स्वामित्व किनेर भारतमा यसको उत्पादन गर्दै आएको छ । त्यसैगरि हस्कभर्ना ब्राण्डमा बजाज अटोले लगानी गरेर भारतमा उत्पादन सुरु गरेको हो ।नेपालमा महिन्द्राको प्यासेन्जर कार बिक्री गर्दै आएको अग्नी ग्रुपले जावा र बजाज मोटरसाइकल बिक्री गर्दै आएको गोल्छा ग्रुपले हस्कभर्नाका उत्पादन नेपाल ल्याएका हुन् ।

हस्कभर्नाका उत्पादन भिट्पिलेन २५० र स्भर्टपिलेन २५० नेपाल ल्याएको छ । यी दुबै मोडलमा समान २४८.८ सीसी इन्जिन रहेको छ । भिट्पिलने २५० ले ३१ बीएच पावर तथा २४ एनएम टर्क जेनेरेट गर्छ । त्यस्तै स्भर्टपिलेनमा रहेको इन्जिनले अधिकतम ९००० आरपीएममा २९.५ हर्सपावर र ७५०० आरपीएममा २४ एनएम टर्क प्रदान गर्छ ।

यी मोटरसाइकलमा डब्ल्यूपी एपेक्स यूएसडी सस्पेन्सन, बोस्च ब्रान्डको डबल डिस्क, डबल च्यानल स्यान्डर्ड एबीएस, एलइडी हेडल्याम्प, एलइडी टेल ल्याम्प, १७ इन्च कास्ट आल्मुनियम ह्वील जस्ता बिशेषता दिएको छ । यसको मूल्य घोषणा गरिएको छैन । यद्यपी सुरुवाति मूल्य ६ लाखभन्दा कम हुने बताइएको छ ।

तर, जावाका उत्पादन भने नेपाल आइपुगेको छैन । दशैं अगाडि नै बिक्री सुरु गर्ने लक्ष्यको साथ जावाले यसअघि नै नेपालका मुख्य सहरमा डिलर माग गरेको थियो । क्लासिक लिजेन्डको उपमा पाएको यस ब्राण्डका जावा र जावा ४२ दुई मोडल सुरुवातमा नेपाल आउने बताइएको छ । कम्पनीको अर्को मोडल पेरकभने केही समयपछि मात्रै नेपाल आउने छ ।

जावा मोटरसाइकलमा ओडोमिटरका लागि डिजिटल रिड आउट, लिक्विड कुलिङ्ग टेक्नोलोजी, रेडिएटर, फ्यूल इन्जेक्शन, क्याटालिक कन्भर्टरजस्ता मोर्डन फिचरहरू दिइएको छ । साथै, यसमा हलोजेन हेडल्याम्प, टेलल्याम्प र बेल्ली प्यान पनि दिइएको छ ।

२९३ सीसी, सिङ्गल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन दिइएको छ । यसमा लगाइएको डीओएचसी इन्जिनले २७ बीएच पावर र २८ एनएम टर्क जेनेरेट गर्छ । यसमा सिक्स स्पीड ट्रान्समिसन जडान गरिएको छ । यस बाइकमा सिङ्गल च्यानल एबीएस सिस्टम दिइएको छ । यो इन्जिन इन्डिया तथा इटालीमा डिजाइन र विकास गरिएको हो ।

बाइकमा पछाडि १८ इन्चको ह्वील दिइएको छ । त्यस्तै, अगाडिको ह्वील १७ इन्चको रहेको छ । बाइकमा फ्लोटिङ्ग क्यालिपरसँगै २८० एमएम डिस्क ब्रेक र १५३ एमएम ड्रम ब्रेक दिइएको छ । यसको मूल्यको विषयमा केही खुलाईएको छैन ।

Related Articles

Back to top button
Close