Intresting

छालाको चाउरी तथा बुढ्यौली कम गर्न मन छ ? अपनाउनुहोस् मात्र यो एक उपाय

काठमाडौँ । केरा विश्वको प्राय: सबै ठाउँमा पाइने फल हो। केराको फल विभिन्न आकार र रंगहरूमा पाइन्छ। साधरणतया सुरूमा हरियो भएपनि पाकेपछि पहेंलो, वैजनी र रातो रंगको हुनेगर्दछ।

केराले मुटुसम्बन्धी समस्यादेखि मासिक धर्मको अनियमितता, कब्जियत, छाती पोल्ने समस्या र शरीरका अन्य स्वास्थ्यसँग सम्बन्धित समस्याको समाधानका लागि निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।अमेरिकाको अलाबामा विश्वविद्यालयका शोधकर्ताहरुले गरेको एक अध्ययन अनुसार लगातार एक महिनासम्म केरा खानले मानिसमा दमको खतरा कैयौँ गुणा कम हुने गर्दछ ।

दिनमा एउटा केरा खाएमा पाचन क्रियामा सुधार देखि लिएर रक्तचाप सन्तुलन सम्मका फाइदा केराबाट प्राप्त गर्न सकिन्छ । विश्वभरका अनेकन अनुसन्धानरुले केरालाई सुपर हेल्दी फुड मानेका छन् ।केरा खानाले छालाको चमक बढ्नुका साथै वैँशमै बुढ्यौलीका लक्षण देखिने समस्या कम हुन्छ ।

केरा खानाले तत्कालै इनर्जी प्राप्त हुन्छ । केरामा पाइने क्यारोटिनोइड्सले सरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्दछ । त्यसैले नियमित केरा खानाले रुघाखोकी तथा अन्यखाले संक्रमण बाट जोगिन सकिन्छ।

Related Articles

Back to top button
Close