News

अस्पतालले भर्ना लिन नमान्दा गर्भवती ३० वर्षीया बिमलाको मृत्यु, जन्मीएको छोराको पनि गयो ज्यान !

विराटनगर । प्रसुती गराउन सरकारी अस्पताल लगिएकी महिललाई अस्पतालले भर्ना नगरिदिएका कारण ज्यान गुमाउनु परेको छ । सुत्केरी ब्यथा लागेर विराटनगरको कोशी अस्पताल लगिएकी एक महिलालाई अस्पतालले भर्ना नलिएपछि घर फर्काइएकी ३० वर्षीयाको निधन भएको हे । अस्पतालको लापरवाहीका कारण विराटनगर महानगरपालिका–६ सुकुम्बासी टोलकी विमला ऋषिदेवको निधन भएको छ । उनी चौथो पटक सुत्केरी हुन लागेकी थिइन् ।

२ छोरी र १ छोरालाई जन्मदिएकी महिला चौथो पटक सुत्केरी हुन लागेकी थिइन् । उनको छोराको पनि निधन भएको छ । दुई पटक शल्यकृया गरिएको थियो । अस्पतालले तेस्रो पटक शल्यकृया गर्न नमिल्ने र वेड समेत खाली नभएको भन्दै फर्काएको थियो । सरकारी अस्पतालले भर्ना नलिएपछि नीजि अस्पताल लैजान पैसाको जोहो गर्दागर्दै सुत्केरीको निधन भएको हो ।

प्रसूति व्यथाले च्यापेपछि अन्तिम अवस्थामा उनलाई श्रीमान शिवु ऋषिदेवले बिहीबार बिहान १ बजेतिर अस्पताल लगेको भएपनि अस्पताललेबेड खाली नभएको भन्दै नीजि अस्पताल लैजान भनेको थियो । अस्पतालले भर्ना नलिएपछि घर फर्काएर नीजि अस्पताल लैजाने पैसाको जोहो गर्दा गर्भवतीको निधन भएको हो ।

बच्चा जन्माउन नसक्दा बिहीबार बिहान ४ बजेतिर महिलाको निधन भएको स्थानीय विकेश मुखियाले बताए । निधन पछि पनि शव अन्त्यष्टि गर्न समेत पैसा नभएपछि छिमेकी र जनप्रतिनिधिले सहयोग गरेका छन् । श्रीमानका अनुसार घर फर्काएर ल्याएको केही बेरमा उज्यालो हुन नपाइकन व्यथाले च्यापेर छटपटाउँदा छटपटाउँदै महिलाको निधन भएको हो । अस्पतालले प्रसूतिका लागि सहयोग नगर्दा महिला र बच्चा दुवैको ज्यान गुमेको छ ।

उनका अनुसार दुई पटकसम्म शल्यक्रिया गरेर प्रसूति गराइसकेको हुँदा तेस्रो पटक शल्यक्रिया गर्न नमिल्ने जवाफ पनि अस्पतालले दिएको छ । पारिवारिक आर्थिक अवस्था कमजोर भएको ऋषिदेव परिवारले ज्यालामजदुरी गरेर जीविका चलाउँदै आएको स्थानीयले बताए । सुनसरीको दुहवी घर भएका शिवु केही समयदेखि विराटनगरमा परिवारसहित बस्दै आएका थिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन डा चुमनलाल दासले गर्भवती महिललाई फर्काउने नीति अस्पतालको नभएको जनाएका छन् । उनले आफ्नो अस्पतालवाट गर्भवतीलाई पठाइएको हो भने छानविन गरेर कारवाही गर्ने बताएका छन् । प्रसूतिका लागि ल्याइएका महिलालाई फिर्ता पठाउनु गम्भीर लापरबाही र गल्ती हो ।उनले भनेका छन् ।

Related Articles

Back to top button
Close