बुधबार ०६ आश्विन २०७८

काठमाडौ । वि’वादमा परिरहने चलचित्र कार्यक्रम प्रस्तोता प्रकाश सुवेदी फेरी वि’वादमा आएका छन् । उनी मोडल गरिमा शर्माको विषयमा प्रशारण गरेको सामग्रीलाई लिएर वि’वादमा आएका हुन् । उनले गरिमा र गायक दुर्गेश थापालाई लिएर कार्यक्रम बनाएका थिए । गरिमा र दुर्गेशमा टिकटक लाइभमा बनाएको भिडियोलाई लिएर बनाएको समाचारले उनी वि’वादित भएका हुन् ।

आफुहरुले रमाइलोका लागि बनाएको भिडियोलाई लिएर अनावश्यक टिप्पणी गर्दै कार्यक्रम बनाएको भन्दै मोडल गरिमा भने प्रकाश सुवेदी विरुद्ध कानुनी उपचारमा जाने भएकी छन् । टिकटकमा बनाएको भिडियोको केही भाग प्रसारण गरेर आफ्ना बारेमा पुरै रिपोर्ट तयार पारेको भन्दै उनले आ’पत्ती जनाएकी छन् । आफ्नो चरित्रलाई लिएर अनावश्यक टिप्पणी गरिएको भन्दै उनले चित्त दुखाएकी छन् । रजतपट कार्यक्रम प्रशारण भएपछि उनले निकै भावुक हुँदै भिडियो लाइभमा आएर प्रकाश सुवेदी र उनको कार्यक्रम विरुद्ध कानुनी उपचारमा जाने बताएकी थिइन् ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै शर्माले असार २४ गते एपिवान टेलिभिजनबाट प्रसारित रजतपट कार्यक्रममा आफ्नो बिषयमा अतिरञ्जित र भ्रमपूर्ण रिपोर्ट प्रसारण गरेको भन्दै गम्भिर आपत्ति जनाएकी छन् । रजतपट कार्यक्रममा चरित्र हत्या गरिएकोप्रति गम्भिर आपत्ति १ भन्दै उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ– ‘केहि दिन अगाडि टिकटक लाइभमा खेल खेल्ने क्रममा हाँसो ठट्टामा बोलिएका संवादहरूका टु’क्राटु’क्री तानेर राष्ट्रिय टेलिभिजनबाट उक्त सामाग्री प्रसारण गर्नु सरासर गलत हो ।’

‘उक्त सामाग्री तयार गर्नुअघि कार्यक्रम प्रस्तोता प्रकाश सुवेदी ज्यूसँग टेलिफोन सम्पर्क भै, सामान्य बिषय रहेको र हाँसो ठट्टा मात्र रहेको भनि सत्यतथ्य जानकारी गराउँदा गराउँदै पनि यसरी वदनियतपूर्ण समाचार प्रसारित गर्नुले म माथि गम्भिर अन्याय भएको महशुस गरेको छु’ उनले विज्ञप्तीमा अगाडि भनेकी छन्– ‘तसर्थ न्यायका निम्ति सम्बन्धित निकायसम्म पुग्न वाध्य भएको व्यहोरा पनि यसै विज्ञप्तीमार्फत जानकारी गराउनु चाहन्छु ।’ उनले विज्ञप्तीको अत्यमा भ्रामक र बदनियतपूर्ण समाचारमा विश्वास नगर्न समेत सबैलाई आग्रह गरेकी छन् ।

७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया