समाचार

कलकलाउँदाे उमेरमा अञ्जनाको जिन्दगी बर्बाद, आँशु झार्दै कापीमा लेखेर आफ्नो पिडा यसरि सुनाईन (भिडियो)

काठमाडौ । अञ्जना गुरुगले भोगेको कथा कुनै फिल्ममा देखिने कथा भन्दा कम छैन । अन्धविश्वासका कारण अहिले अञ्जनाको जिवन नै बर्बाद भएको छ । उपचारका लागि लामा र झाँक्रिको भर पर्दा एउटी युवतीको जिवन वर्वाद भएको छ । रुपन्देही जिल्ला देवदह नगरपालिका ठूलो चौर ७ मा यि युवतीको अहिले जिवन निकै फरक भएको छ । बोल्न सक्दिनन्, सबै कुरा देख्न र सुन्न सक्छिन् त्यसैले कसैले उनका बारेमा प्रश्न गरेपछि उनी आँशु झार्छिन । उनलाई निकै गाह्रो हुन्छ ।

उनको मेरुदण्ड पनि चल्दैन । मेरुदण्ड नचल्ने भएका कारण उनी यताउता हिडडुल गर्न पनि सक्दिनन् । दुई वर्ष अघि देखि आवाज नआउने समस्या भोग्दै आएकी २१ वर्षकी अञ्जनालाई उनका परिवारले अस्पताल लगेनन् । उपचारका लागि विभिन्न ठाउँमा घुमाए तर अस्पताल ओइन धामी झाँक्रीको मा लगे । उनलाई एक पटक मात्र उनको दिदीले अस्पताल लगेकी थिइन् तर उपचार पनि राम्रोसंग भएन ।

दुई वर्ष अघि मंसिर देखि उनलाई यस्तो समस्या भएको हो । बेलाबेलामा आवाज निकाल्न नसक्ने र शरिर पनि नचल्ने समस्या थियो । तर फेरी कहिले काँही सबै ठिकै हुन्यो । यस्तो अवस्थामा उनलाई अस्पताल नलगेर धामी झाँक्रीको मा उपचारका लागि लगेको परिवारका सदस्यले बताएका छन् ।

आर्थिक अभावले राम्रो उपचार गराउन नपाएका कारण अहिले उनको शरिर नचल्ने भनएको छ भने आवाज पनि आउँदैन । त्यसैले उनले मिडियामा सहयोगका लागि आग्रह गरेका छन् । छोरीलाई बोली बन्द भएर चल्न पनि नसक्ने भएपछि आफुलाई अस्पताल लैजानुपर्छ भन्ने आफुलाई ध्यान नै नभएको बताइन् । उपचारका लागि भनेर पोखरा लगियो, भारतका विभिन्न शहरमा पनि लगियो तर अस्पतालमा भने लगिएन । उनलाई देउता लागेर यस्तो भएको हो भनेर विश्वास दिलाएपछि धामीकै विश्वास परेको बताइन् ।

अरु विवाहित छोरीहरुले पनि अस्पताल लैजानु भनेर भनेनन् । सबैले धामीकै घरमा लिएर गए । अरु छोराछोरीले अञ्जनाको उपचारमा धेरै चासो नदिएका कारण अहिले उनको यस्तो अवस्था भएको आमाको गुनासो छ ।

https://youtu.be/Zns2ykaCWcg

Related Articles

Back to top button
Close