समाचार

उपत्यकाको निषेधाज्ञा हटाइएको २ दिन नहुँदै फेरी सीडीओलाई काठमाडौं महानगरले पठायो पत्र

काठमाडौं । काठमाडौमा केही खुकुलो नियम सहित विहिवार देखि निषेधाज्ञा हटाइएको छ । सुरक्षा मापदण्ड पुरा गरेर काठमाडौमा फुटपाथका पसल पनि सञ्चालन गर्ने अनुमति जिल्ला प्रशासन कार्यालयले दिएको छ । विहिवार देखि काठमाडौमा फुटपाथका पसल पनि सञ्चालन भएका छन् । तर काठमाडौं महानगरपालिकाले भने फुटपाथ र ठेलाको व्यापारले कोरोनाको जोखिम बढाउने भन्दै प्रतिबन्ध लगाउन माग गरेको छ ।

विपन्न वर्गले जिवन चलाउने फुटपाथ र ठेला ब्यापार बन्द गर्न भन्दै महानगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको छ । महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई पत्र लेखी यस्तो आग्रह गरेकी हुन् । उनले यस्ता ब्यवसायलाई प्रतिबन्ध लगाउन र पुन निषेधाज्ञा लागू गर्न पनि माग गरेकी छन् ।

लामो समयको लकडाउन र त्यस पछिको निषेधाज्ञाले विपन्न परिवार सडकमा आएको भन्दै विपन्न परिवारले जिवन धान्दै आएको फुटपाथ र ठेला पसल पनि सञ्चालन गर्न प्रशासनले खुला गरेको थियो । भदौ २४ गते खुला गर्न आदेश दिएसंगै विहिवारवाट सबै ब्यवसाय सञ्चाल गर्न थालिएको हो ।

उपप्रमुख खड्गीले फुटपाथ र ठेला ब्यापारले शहरमा समुदाय तहमा कोरोना फैलने जोखिम बढ्ने भन्दै रोक्न माग गरेकी छन् । यस्ता साना ब्यवसाय अनुगनम गर्न समस्या हुने भएकाले निधेष गर्न माग राखेकी छन् । फुटपाथ र ठेला पसलवाट कोरोना फैलिएमा कन्ट्रयाक ट्रेसिगंमा पनि समस्या हुने उनको भनाई छ ।

Related Articles

Back to top button
Close