भिडियोसमाचार

ल’फडामा परे भाईरल जन्तरे मामा!, अन्तरबार्ता बि’थोल्दै युट्युबरमाथी कुमारको आ’क्रोश (भिडियो सहित)

नेपालमा सामाजिक संजालको लोकप्रियता र डिजिटल युगमा युवापुस्ताको लगावले धेरै उतारचढाव आईरहेको देखिन्छ । सामाजिक संजाल फेसबुक, टिकटक र युट्युबले धेरैलाई सेलिब्रेटी बनाएर माथी पुर्यायो भने धेरैलाई तल पनि झारेको छ ।

अझै युट्युबमा त भाईरल गराएर माथी पुर्याउने र फेरि पछार्ने प्रवृति बढ्दै गैरहेको छ । लुकेको प्रतिभालाई उजागर गर्ने बाहानामा कतिपय ब्यक्तिहरु युट्युबले दिने डलरको पछि लागेको पछिल्लो केही घटनालाई हेर्दा प्रष्टै बुझ्न सकिन्छ ।

यता, टिकटकमा नारायण गोपालको गीत गाएर ‘जन्तरे मामा’को नाममा भाईरल भएका ३८ वर्षिय अमित कुमार राईमाथी पनि लफडा सुरु भएको छ । हामिलाई प्राप्त एक भिडियोमा उनी युट्युबरलाई अन्तरबार्ता दिइरहेका छन्। अन्तरबार्तामा उनी मात्रै छैनन्, उनका अन्य दाजुभाई अर्थात परिवारका ८ जना एकसाथ देखिएका छन् । सबैले सारङी, मादल र सुरिलो स्वरमा थपडी बजाईरहेका छन् ।

जस्लाई झन्डै दर्जन युट्युबरले आफ्नो क्यामेरामा कैद गरिरहेका छन् । अन्तरबार्ता लिने युट्युबरको आग्रहमा भाईरल अमित नाच्न समेत पछि पर्दैनन् । तर, अन्तरबार्ताकै बिचमा एक ब्यक्ती आएर जमिरहेकी साङितिक माहौललाई तितरबितर बनाएको भिडियोमा देखिन्छ । उनी हुन समाजसेवी कुमार राई ।
उनले भाईरल भएका अमितकै पक्षमा बोल्दै युट्युबरमाथी आक्रोशित भएका छन् । उनले ‘तपाईहरुको कला र गला भइन्जेल युट्युबहरुले खिच्छ, पैसा कमाउछ ।

तपाईहरुलाई चाहिँ पछि यत्रो कोला दिन्छन’ भन्दै युट्युबर प्रती आक्रोश ब्यक्त गरेका हुन्। उनको यस्तो आक्रोशपछि अन्तरबार्ता दिदै बसिरहेका अमित त्यहाबाट उठेर निस्किन्छन् । युट्युबरले फेरि बस्न आग्रह गर्दा उनी बस्न खोज्छन् तर फेरि कुमार बोल्न थालेपछि उनी अन्तरबार्ता स्थल छोडेर हिड्छन । कुमारले अन्तरबार्ता खिचे बापत र गीत गाए बापत के कति रकम दिएको छ ? भन्ने प्रश्न गरेका छन । केहिदिन अघि अमितको आवाजमा पहिलो गीत पनि युट्युबमा सार्बजनिक भैसकेको छ । उक्त गीत गाए बापत उनले कति पारिश्रमिक पाए भनेर युट्युबर माझ प्रश्न तेर्स्याएका हुन ।

उनले रबिना बादीको उदाहरण दिदै त्यस्तो अवस्थामा नपुगोस भनेर आग्रह गर्दै ‘चलुन्जेल चाहिँ खिच्ने खिच्ने अनि पछि चल्न छोडेपछि चाहिँ छोड्दिने ?’ भन्दै प्रश्न गरे । उनले थप्दै ‘जन्तरे दाइलाई सकाउनु हुदैन, आगामी दिनमा पनि जन्तरे दाईको भबिष्यको लागि राम्रो हुनुपर्छ’ भन्दै सम्पुर्ण नेपालिहरुलाई ध्यानाकर्षण गरेका छन् ।

यस्तै उनले केही युट्युबरहरुलाई ‘झन्डु युट्युबर’ भन्दै ‘चलुन्जेल चलाईन्छ पछि बोलाउदा खेरी फेरि आउदैन’ भन्दै आक्रोश पोखे । जन्तरे मामाको भविष्यमाथी खेलवाड गर्नुभएन भन्दै युट्युबरलाई चे’तावनी दिए

Related Articles

Back to top button
Close