बिहिबार ०७ आश्विन २०७८

काठमाडौ । कामको खोजीमा देश छोडेर हिड्ने युवतीहरु जोखिममा पर्ने गरेका छन् । वेरोजगारी र गरिविका कारण युवती यस्तो जोखिम उठाउन बाध्य छन् । कञ्चनपुरको नेपाल भारत सीमा क्षेत्रबाट चार जना नेपाली युवतीको उद्धार गरिएको छ ।

भारतीय सीमावर्ती बजार मेलाघाट भएर भारत जाँदै गरेका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० का चार युवतीको बुधबार उद्धार गरिएको हो । शान्ति पुनःस्थापना गृह कञ्चनपुरले सीमा नाकाबाट ती युवतीको उद्धार गरेको हो । उद्धार गरिएका युवतीलाई प्रहरीको जिम्मा लगाइएको छ ।

पुनःस्थापना गृहको दोधारा चाँदनीकी परामर्शदाता रेखा भण्डारी पुजाराका अनुसार भारतको राजधानी दिल्लीमा काम गर्ने भन्दै जान लागेको अवस्थामा उनीहरुलाई उद्धार गरिएको हो ।

अ वै ध रूपमा भारत जान लागेका युवती बे च बि ख न को उ च्च जो खि ममा पर्ने भएकाले उद्धार गरिएको पुजाराले बताइन् । हाल इलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा राखिएका ती युवतीलाई घर परिवारको जिम्मा लगाउने प्रहरीको तयारी छ । प्रतीकात्मक तस्वीर

१९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया