Video

पुण्य गौतम खुला मञ्चमा पलेटी कसेर निशुल्क खाना खान बसेपछि… (भिडियो हेर्नुस्)

काठमाडौ । पुण्य गौतम सामाजिक सञ्जालमा निकै छाइरहने ब्यक्ति हुन् । आफुलाई सामाजिक अभियन्ता भनेर चिनाउन चाहने गौतम रत्नपार्कमा पलेटी कसेर खाना खान लागेको भिडियो सार्वजनिक भएको छ । लकडाउन र निषेधाज्ञाका कारण दिनहुँ काम गरेर खानुपर्ने सर्वसाधारण अहिले दुई छाक खान नपाएर भौतारिएका छन् । दुई छाक खान पनि नसक्नेहरुका लागि रत्नपार्क र टुँडीखेलमा खाना खुवाउने स्वयंसेवीहरु छन् ।

त्यस्ता विपन्नलाई खाना खुवाउन सुरु गरिएको रत्नपार्कमा पुण्य गौतम आफै खाना खान थालेको देखेपछि युट्युवरहरुको क्यामेरा उनीतर्फ सोझिएको थियो । त्यहाँ खाना खान आएकाहरुलाई सहयोग गर्न भनेर पुगेका पुण्य आफैले पनि त्यो खाना खानुको कारण भने अर्कै छ ।

निशुल्क खाना खुवाउने सामाजिक अभियन्ताहरुलाई पनि केही ब्यक्तिहरुले खानाको गुणस्तरीयता माथि प्रश्न उठाउने गरेका छन् । गुणस्तरहिन खाना खुवाएको हुन सक्ने भन्दै आरोप आएका कारण उनीहरु आफै पनि संगै विपन्नहरुसंग खाना खाएको बताएका छन् ।

कतिपयले यो कस्तो खाना ल्याएर खुवाए भनेर प्रश्न उठाउने गरेका छन्, एक जना अभियन्ताले खाना खाँदै गर्दा भने त्यसैले हामीले पनि अरु सबैलाई खुवाएर बचेको खाना आफै खाने गरेका छौं । उहाँहरुसंगै हामी पनि बसेर खाना खाइदिएपछि खानाको गुणस्तरीयतामा कुनै शंका नहोस भनेर हामीले यस्तो गरेका हौं ।

उनीहरुले त्यहाँ आएकाहरुलाई खुवाईसकेपछि बचेको खाना आफुहरुले सबैको अगाडी खाने गरेको बताएका छन् । खुलामञ्चमा अहिले दिनहुँ हजारौंको संख्याका ब्यक्तिहरु निशुल्क खान गरेका छन् । सामाजिक अभियन्ताहरुले उनीहरुलाई निशुल्क खाना खुवाउने गरेका छन् ।

Related Articles

Back to top button
Close