News

काठमाडौं बाहिर जान नयाँ नियम

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौं बाहिर जान थप कडाइ गरेको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै उपत्यकाबाहिर जान सम्बन्धित जिल्ला प्रशासनको अनुमति र स्थानीय तहको सिफारिस बुझाउनु पर्ने जानकारी दिएको हो । विभिन्न कामले काठमाडौं उपत्यकाबाहिर जानुपर्ने व्यक्तिले पुग्नु पर्ने जिल्ला प्रशासन कार्यालयको अनुमतिपत्र र स्थानीय तहको सिफारिस बुझाउनु पर्ने भएको छ ।

दाह संस्कार, कर्मचारस्को सरुवा भई जानु पर्नेजस्ता अत्यावश्यक अवस्थामा काठमाडौंबाहिर जाने सवारीसाधनको पासका लागि गन्तव्य जिल्लाको जिल्ला प्रशासन कार्यालयको अनुमतिपत्र तथा स्थानीय तहको सिफारिस पत्र अनिवार्य चाहिने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमल प्रसाद पाण्डेले जारी गरेको सूचनामा उल्लेख छ । पासका लागि निवेदन दिने व्यक्ति स्वयं आफैँ उपस्थित हुनुपर्ने भनिएको छ ।

Related Articles

Back to top button
Close