समाचार

एक साताका लागि सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, र पसल बन्द ! फेरि यस्तो आयो निर्णय

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीलाई कोरोना संक्रमण देखिएपछि गाउँपालिका एक साताका लागि सिल गरिएको छ ।

अध्यक्ष केसीसँगै उनका गाडी चालकलाई पनि कोरोना संक्रमण देखिएको गाउँपालिकाका सूचना अधिकारी प्रकाश कुमार चन्दले जानकारी दिनभुयो । बुधबार आएको पिसिआर रिपोर्ट अनुसार उनीहरूलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना समुदायमा फैलन नदिन गाउँपालिकाभित्रका सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, पसललगायत बन्द गरिएको चन्दले जानकारी दिनुभयो ।

Related Articles

Back to top button
Close