News

बोर्डिङ स्कुलहरूका लागि एकाएक आयो खुसीको खबर !

मन्त्रिपरिषद् बैठकले निजी विद्यालयहरूले अनलाइन कक्षाको शुल्क लिने पाउने निर्णय गरेको छ । यसअघि शिक्षा मन्त्रालयको अनलाइन वा अन्य माध्यमको कुनै पनि दूरशिक्षाको नाममा शुल्क लिन नपाउने निर्णउ भएकोमा हाल भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रिपरिषद् बैठकले बोर्डिङ स्कुलले अनलाइन कक्षाको शुल्क पाउने निर्णय गरेको बताएका छन् ।

विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृतीमा शुल्क लिन पाइने व्यवस्था भएको छ ।

अभिभावकहरूले भने कोरोना महामारीका बेला संक्रमण कालीन शुल्क निर्धारण हुनुपर्नेमा जोड दिएका छन् । मासिक शुल्कको ५० प्रतिशत भन्दा कम हुनुपर्ने अभिभावकहरूको भनाई छ ।

यसअघि शिक्षा मन्त्रालयले अनलाइन वा अन्य माध्यमको कुनै पनि दूरशिक्षाको नाममा शुल्क लिन नपाउने निर्णय गरेको थियो ।

Related Articles

Back to top button
Close