Intresting

दैलेखमा देखियो आश्चर्य, बाँसको झाङ राति आफै झलमल, स्थानीय चकित !

काठमाडौ । दैलेखमा एक चमत्कार देखिएको छ । त्यहाँ बाँसझाङ राति पुरै बल्न थालेको छ । महाबु गाउँपालिका वार्ड न. ३ (बाँसी) साविक बाँसि गाविस वार्ड नं. ६ मा अवस्थित, शिरमा मालिका माइ तथा महालिङ देवताको मन्दिर, गाथमा पाँच भाइ पाण्डवद्वारा निर्मित देवल, पश्चिममा ताउलाखार गुफा अनि पूर्वमा महावै देवाताको मन्दिर यति ४ किल्लाको विचमा पर्ने भगवान् बासुदेवले स्नान गर्ने बासुधारा नजिक रहेका बाँसघारीहरु मध्ये बासुधारा नजिकैको बासघारिमा अनौठो चमत्कार प्रदर्शन भएको हो ।

उक्त बासघारिमा रहेका बाँसका पात, काण्ड र जमीन बाहिरका जराहरुबाट रातिको अध्यारोमा आफै प्रकाश प्रज्वलन भैरहेको छ ।उक्त बाँसघारिको उत्तरतर्फ करिब ५ फिट सम्मको क्षेत्रफलमा टर्चलाइटले हेर्दा सुकेका बासका पात, काण्ड र जराहरु बर्षाको पानीले भिजाएर मक्किएर काला देखिन्छन् भने टर्चलाइट बन्द गर्दा उक्त वस्तुहरु प्रकाश प्रज्वलन भइ सेता देखिन्छन् ।

उक्त स्थानका जग्गाधनी रामबहादुर बुढा र डम्बरबहादुर बुढासँग सो अबस्थाको बारेमा सोधपुछ गर्दा विगत देखि हालसम्म यस्तो कुनै अनौठो दृश्य नदेखिएको र उक्त स्थान वरिपरि र ज स्वला भएकी, सुत्केरी भएकी महिलाहरू आउन नहुने संस्कार विगतदेखिनै कायमै रहेको विगतमा अशुद्ध महिलाबाट उक्त स्थानको बासुधारा, चाप धारामा केही गल्ती हुन गएमा २ वा सो भन्दा बढी (नाग देवताहरु) सर्पहरु एक–आपसमा ल डाइ गरिरहेको दृश्य तत्काल देखा पर्थ्यो रे भान्ने कुरा बताउनु भएको छ ।

यसरी महाबु गा पा वार्ड न. ३ बाँसीको सबैभन्दा उच्च स्थानमा रहेको बर्सेनि २ पटक मेला ( मालिका र तिजमा ) लाग्ने मालिका माइ र महालिङ देवताको गाथमा भगवान बासुदेवले स्नान गर्ने बासुधारा नजिकको बाँसघारिमा प्रत्यक्षरुपमा देखिएको यो अनौठो प्रकाश प्रज्वलनलाइ म प्रत्यक्षदर्शीले लुकाउन नसकी यो स्टाटस लेख्दै छु भन्दै त्यहाँ एक स्थानीयले यो स्टाटस फेसबुकमा लेखेका छन् ।

उनले भनेका छन् हामी प्रत्यक्षदर्शीहरुमाथि फैलिएको आश्चर्यजनक चमत्कारको बास्तविक अध्ययनगरी आध्यात्मिक र भौतिक शक्तिको पहिचानका लागि महाबु गा.पा. निवासी राजनीतिकर्मी , समाजसेवी ,बुद्धिजीवी, पत्रकार तथा शुभचिन्तक ज्युहरु समक्ष सहयोगको लागि हार्दिक अपिल । भन्दै फेसबुकमा स्टाटस लेख्ने स्थानीय विद्यालयका प्रध्यानाध्यापक रामबहादुर थापाले आफ्नो फेसबुकमा लेखेको कुरालाई आधार बनाएर यो समाचार प्रकाशन गरिएको हो

Related Articles

Back to top button
Close