समाचार

बिहान ५ देखि दिउँसो ३ बजेसम्म दुई चरणमा पसल खोल्न पाइने

हेटौंडा, २४ भदौ । हेटौंडामा बिहान ५ देखि दिउँसो ३ बजेसम्म पसल खुलाउने निर्णय गरेको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले हेटौंडामा सो निर्णय गरेको हो ।मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दीपकराज नेपाललेका अनुसार बैठकले बिहान ५ देखि ९ बजेसम्म खाद्यान्न, तरकारी र दूग्धजन्य पदार्थका पसल र बिहान १० देखि दिउँसो ३ बजेसम्म अन्य पसल गरी दुई चरणमा पसल खोल्न पाइनेछ ।

उनका अनुसार उक्त बैठकले यही भदौं २६ गते शुक्रवारदेखि असोज ५ गतेसम्म लागुू हुनेगरी सो निर्णय गरेको हो । त्यस्तै, प्रशासनले बैंक तथा वित्तीय संस्था भने बिहान १० बजेदेखि ३ बजेसम्म खुलाउने, निजी सवारी ला ई जोर–विजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ ।बैठकले होटल, रेष्टुरेन्ट, लज एवम् रिसोर्टबाट खाजा तथा खाना प्याकिङ बाहेकका अन्य सेवा पनि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

Related Articles

Back to top button
Close