समाचार

उपत्यकामा १६ सिट माथिका सार्वजनिक सवारी चलाउन पाइने

काठमाडौं उपत्यकामा भोलिबाट सार्वजनिक यातायात पनि चलाउन पाइने भएको छ।

बुधबार ३ वटै जिल्लाका सिडिओको बैठकले मापदण्ड पालना गर्ने गरि १६ सिट भन्दा माथिको सार्वजनिक यातायात खुलाउने निर्णय गरको छ।

सार्वजनिक यातायातसमेत जोर–बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय भएको हो। नीजि क्षेत्रका लागि भने जोर विजोर हटाउने निर्णय भएको छ।

यस्तै उपत्यकामा अब बिहिबारबाट सबै किसिमका पसल खोल्न दिने निर्णय भएको छ। तर, सबै दिन खुल्न पाउने छैनन्।

पसलको प्रकारअनुसार बार तोक्ने निर्णय भएको छ। खाद्यन्न तथा मासु पसलहरु बिहान ११ बजेसम्म र साँझ ५ देखि सात बजेसम्म खुल्न पाउने भएका छन् ।

Related Articles

Back to top button
Close