News

अन्तत : यस्ता श*र्तसहित भोलि खुल्ने भयो नि*षेधाज्ञा

काठमाण्डौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु यतिबेला उपत्यकामा निषेधाज्ञा खुकुलो पार्ने निर्णय सार्वजनिक गर्ने तयारीमा लागेका छन् । सो्रतका अनुसार भदौ ३ गते देखि उपत्यकामा लागू गरिएको निषेधाज्ञा यातायात र व्यापार व्यवसाय क्षेत्रका लागि भोलीबाट खुल्ने भएको छ । शर्तसहित खोल्न दिने टुंगोमा तीनै प्रशासन पुेका छन् ।

अन्य क्षेत्रका लागि भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने उनले बताए । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आधिकारिक निर्णय सार्वजनिक गर्ने तयारी गरिररहेका छन् ।

व्यापार व्यवसाय खोल्न दिने शर्तहरु बारे औपचारिक निर्णयमा विस्तृतमा खुलाइने दाहालले बताए । तर काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधनहरुका लागि भने पहिलेकै प्रावधान लागू गरिनेछ । शैक्षिक संस्था, फिल्म हल र जिमखाना लगायत यसअघि बन्द गरिएका क्षेत्र नयाँ निर्णय नभइन्जेल बन्द नै रहने छन् । उपत्यकाका तीनै जिल्ला प्रशासनले लगाएको निषेधाज्ञाको अवधि आन मध्यराती १२ बजे सकिदैछ ।

Related Articles

Back to top button
Close