बुधबार २० साउन २०७८

काठमाडौँ ।कलाकारहरु कहिले काहिँ आ.बेसमा आएर बोल्दा या भनौ आ.वेशमा आएर केहि गर्दा र बाहिरी पब्लिकले जस्तै केहि गर्न खोज्दा अलि बढी भयो भने बि.बादमा आइहाल्छन । यो घटनामा पनि त्यस्तै भएको छ, सामान्यतया मनोरंजनको रुपमा असार १५ गतेको अवसरमा हिलोमा खेलिएको खेललाई अहिले बि.बाद बनाइएको छ । नेपालमा हरेक वर्षको असार १५ लाई धान दिवसको रूपमा मनाउने गरिएको छ । यस दिन कृषकहरू आफ्नो धानखेतमा रोपाइँ गर्ने र दहीच्यूरा खाने गर्छन् ।

तर कहिले काहिँ धान रोप्ने बहानामा हिलोमै उ.च्छृ.ङ्खल क्रियाकलाप गरेको भनेर सामाजिक सञ्जालमा निकै ट्रोल भइरहेको हुन्छ । यद्यपि, उनीहरूको हुन् र दृष्यको वास्तविकता के हो भन्ने धेरैलाई थाहै छैन ।

हिजो आज भाइरल भइरहेको तस्वीरमा देखिएकी युवती हुन्, रेसलर अस्मिता ‘जुरेली’ । विगतमा उनी मोडलिङ पनि गर्थिन् । अहिले महिला रेसलरका रूपमा परिचित छिन । यसैबिच अस्मिता जुरेली मिडियामा आएर उक्त दिन भएको घटनाबारे यथार्थ बताएकी छिन् । साथै उनले भिडियो प्रमाणसहित देखाएकी छिन । भिडियो यहाँबाट हेर्नुस ।

अर्घाखाँची ।रोगबाट पीडित छोराको उपचारका लागि भन्दै बुबाले आर्थिक सहयोगका लागि अपिल गरेका छन्। अर्घाखाँची जिल्ला पाणिनि गाउँपालिका वडा नम्बर १ वासारुख निवासी राम बहादुर परियारका ४ वर्षीयछोरा रनिक परियार जीवन् र मृत्यु संग लडिरहेका छन । आर्थिक अवस्था निकै कम्जोर भए पछि परिवार ले सहयोग को लागी अपिल गरेको हो।

रनिक परियार जन्मेको चार महिना देखी शरीरमा रातो रगत नहुने (थालासिमिया) नामक रोग लागेको थियो । नाबालक रनिक परियार लाई दिल्लीको सब्दतजङ अस्पताल उपचार गर्न लगेपछि रोग पत्ता लागेको रनिकका बुबा राम बहादुर परियारले बताए । रनिक अहिले काठमाडौं को सिभिल अस्पतालमा उपचाररत छन ।

राम बहादुर परियार ले गुनासो सुनाउदै भने “पीडाले थिचेको छ। समस्याको पहाड अगाडी छ । छोरा को पीडाले पनि निद्रा लाग्दैन रहेछ। “बाबु को उपचार खर्चमा सम्पत्ति सकियो रिन लाग्यो छोरो बचाउन भन्दै सयोगको लागी अपिल गरेका हुन । अस्पताल का अनुसार १२-१५ दिन रातो रगत दिनु पर्ने हुन्छ वेटा थाला, बोन म्यारो ट्रान्सपलान गर्नु पर्ने हुन्छ ।

दुई हप्ता भित्रमा उपचार हुन नसके बच्चा लाई गुमाउनु बाहेक कुनै विकल्प नभएको परिवारिक श्रोतले जानकारी दिएको छ ।अन्दाजी १५ लाख सकिएको अझै १७ लाख लाग्ने हुदा संघसंस्था , सहयोगीमनहरु लाई आफ्नो छोरा सरह सम्झी सहयोग गर्न पीडित राम बहादुर परियारले आग्रह गरेका हुन ।

१८० पटक हेरिएको

तपाईको प्रतिक्रिया