सोमबार २० आषाढ २०७९

काठमाण्डौं । बलिउड अभिनेत्री तापसी पन्नुद्धारा अभिनीत चलचित्र ‘हसिन दिलरुबा’ रिलिज भएको छ । जुलाई २ यो फिल्म प्रदर्शनमा आएको हो । यस चलचित्रमा मागी विवाह अघि र पछिका घटना क्रमलाई जोडेर एकदमै रोचक ढङ्गले देखाउन खोजिएको छ ।

तापसी पन्नुको सँगै यस फिल्ममा विक्रान्त मेस्सी र हर्षवर्द्धन राणेको मुख्य भूमिका रहेको छ भने चलचित्रलाई विलिन मैथ्यूले निर्देशन गरेका छन् भने आनन्द एल रायले निर्माण गरेका हुन् ।

चलचित्रमा मागी विवाह गरेको भूमिका निभाएकी तापसीलाई वास्तविक जीवनमा मागी विवाह कस्तो लाग्छ भन्ने सवालमा उनले आफ्नो राय दिएकी छिन् ।

बिबिसीले उनी संग गरेको कुराकानीको क्रममा उनले मागी बिबाह गर्नेहरु एकदमै साहसी हुने गरेको प्रतिक्रिया दिएकी छिन् । नजानेको मान्छे संग सम्बन्ध गाँस्नु कुनै चानचुने कुरा नभएको बताउँदै जसलाई साहस देखाउने धेरै सोख छ, उनीहरुले मात्रै मागी विवाह गर्ने गरेको उनको दाबी छ । तर उनको आफ्नै जिवनमा भने उनलाई मागि बिबाह गर्ने हिम्मत छैन ।

उनि भन्छिन् -‘मलाई साहसिक यात्रा, खेल मनपर्छ तर म जीवनसँग त्यति जोखिम मोल्न सक्दिन । उनले आफु संग जिवन बिताउने ब्यक्तिलाई नजिकबाट चिने पछि मात्र निर्णय लिने बताएकी छिन् । उनले आफु संग जोडिने मान्छेसँग जीवन बिताउन सक्छु कि सक्दिन भन्ने बिश्लेषण गर्नुपर्ने बताउँछिन् । चिन्दै नचिनी जिन्दगी संग संझौता गर्न नसक्ने उनले बताईन् ।

२३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया