शनिबार १४ जेठ २०७९

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । अविरल वर्षाको कारण ठाउँ(ठाउँमा पहिरो खसेर बाटो अवरुद्ध भएको ट्राफिक कार्यालय चितवनले जनाएको छ ।

आज साझँ १४ किलो भन्ने स्थानमा ढुङ्गा खसेको जनाइएको छ । ढुङ्गा खसेकोले खाल्टो भएको र उक्त खाल्टोमा ग्राबेल हालेर एकतर्फी बाटो सञ्चालन गरिएको प्रहरीले जनाएको छ । ढुङ्गा हटाउनलाई ब्रेकरको आवश्यक परेकोले ढुङ्गा हटाउन समय लाग्ने जनाइएको छ ।

३९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया