शनिबार १४ जेठ २०७९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकायको भय पनि रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुबिधा उत्पन्न हुनेछ, तर शुभ र नयाँ कार्यको योजना बन्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कुनै कुराले मन निक्कै प्रसन्न हुन सक्छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ, तर स्वास्थ्यप्रति सजग रहनुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । आफूले अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शत्रु पराजित हुनेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ, तर स्वास्थ्यप्रति सजग रहनुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेमीको सहयोग पाईनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको अवसर मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति नै हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईको दिन शुभ रहोस् ।

२९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया