शनिबार १५ माघ २०७८

अस्ट्रेलियामा कोरोनाको नयाँ भेरियन्ट डेल्टाका संक्रमितको संख्या बढेर १२८ पुगेका छन् । विशेषज्ञले यो भेरियन्टको कोरोना अन्य सबै भेरियन्टको तुलनामा सबैभन्दा तीब्र रुपमा फैलने बताएका छन् ।अस्ट्रेलियाको थुप्रै हिस्सामा यो भेरियन्टद्वारा संक्रमित भेटिएका छन् ।

थुप्रै महिनाको अन्तरालपछि पहिलोपटक अस्ट्रेलियामा कुनै एक सिमित क्षेत्रमा नभई थुप्रै हिस्सामा संक्रमित देखिएका छन् ।संक्रमितको संख्या हेर्दा राज्य र केन्द्र शासित प्रदेशका नेता आज अर्थात् सोमबार अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनसँग एक आपतकालीन बैठक गर्ने तयारीमा छन् ।

ट्रेजरर जोश फ्राइडेनबर्गका अनुसार अस्ट्रेलिया कोभिड–१९ विरुद्ध आफ्नो लडाईंमा एक गम्भीर र चुनौतीपूर्ण समयसँग गुज्रिरहेको छ । बढ्दो संक्रमितका कारण विभिन्न राज्यले आफ्ना सीमा बन्द गरेका छन् र संक्रमणको दर बढ्नबाट रोक्नका लागि विभिन्न प्रकारको प्रतिबन्ध लागू गरिएको छ ।

एबीसी न्यूजलाई दिएको एक अन्तर्वार्तामा उनले भने, ‘मलाई लाग्छ कि हामी यो महामारीको एक भिन्न चरणमा प्रवेश गरिरहेका छौं । डेल्टा भेरियन्ट जो निकै बढी संक्रामक छ र यो चिन्ताको कुरा हो ।’

कोभिड–१९ संक्रमितमा पछिल्लो पटक आएको तीब्रतापछि सिड्नी र डार्विनजस्ता महत्वपूर्ण शहरमा लकडाउन लागू गरिएको छ । यसका साथै चार अन्य राज्यमा पनि लकडाउनको घोषणा गरिएको छ ।

सिड्नीमा स्थिति सबैभन्दा बढी चिन्ताजनक छ जहाँ लगभग ५० लाख मानिसलाई घरमा बस्न बाध्य छन् ।लकडाउनका कारण थुप्रै व्यवसाय र स्थानलाई बन्द गर्ने आदेश दिइएको छ ।

एनएसडब्ल्यू प्रिमियर ग्लेडिस बेरेजिकेलियनले सोमबार १८ जनामा संक्रमण पुष्टि भएको छ । आइतबार ३० नयाँ संक्रमित भेटिएका थिए ।पछिल्लो २४ घण्टामा लगभग ५९,००० मानिसमा कोरोना परीक्षण गरिएको थियो ।

५५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया