बिहिबार २३ आषाढ २०७९

पुजा र आकाश अलग अलग सहयोगका लागि सिन्धुपाल्चोक पुगेपछि उनीहरुको सम्बन्धका बारेमा पनि प्रश्न उठेको थियो । उनीहरुबीच प्रेम छ भनिरहेको बेलामा सहयोगका लागि उनीहरु अलग अलग गएपछि प्रश्न उठाइएको थियो ।तर उनीहरु संगै भने गएनन् ।

पुजा शर्माका बारेमा अनेक कुरा बाहिर ल्याएर आलोचना गर्ने पत्रकार प्रकाश सुवेदीको अभियानमा सहभागी भएर आकास सहयोगका लागि पुगेका थिए ।त्यती मात्र होइन आकासले पुजालाई निकै आलोचना गर्ने प्रकाशको समुहमा आवद्ध भएपछि उनीहरुको सम्बन्धका बारेमा पनि प्रश्न उठाइएको हो ।

आकास र पुजाको जोडी फिल्ममा निकै मनपराइएको जोडी हो ।पुजा सिन्धुपाल्चोक पुगेर आफ्नो नामको टिसर्ट बाँडिन्, सेल्फी खिचिन र टिकटक पनि बनाइन् भनेर केहीले आलोचना गरे । उनले ति माध्यमवाट सिन्धुपाल्चोकको अवस्थाका बारेमा जानकारी गराएको जवाफ दिइन् ।

६३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया