बिहिबार २३ आषाढ २०७९

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको अर्को निर्णय पनि कार्यान्वयन गर्नवाट रोक लगाएको छ । सर्वोच्चले ओलीका निर्णयमा एक पछि अर्को गर्दै रोक लगाउँदै आएको छ ।

सर्वोच्चले आइतबार पूर्वमन्त्री युवराज कार्कीलाई राजदूतमा गरेको सिफारिस कार्यान्वयनमा रोक लगाउने आदेश गरेको हो। काम चलाउन प्रधानमन्त्रीले एक पछि अर्को निर्णय गर्दै गएपछि सर्वोच्चले रोक लगाउँदै आएको छ ।

मन्त्रिपरिषद्को वैशाख २५ गतेको बैठकले कार्कीलाई बहराइनको आवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय थियो। उक्त निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको इजलासले यस्तो आदेश जारी गरेका हुन् ।

सर्वोच्चले यसअघि राजदूतमा सिफारिस हुने व्यक्तिको योग्यता सम्बन्धी मापदण्ड परिर्वतन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको थियो। सोही आदेशको अधारमा सर्वोच्चले यस्तो आदेश गरेको हो। अधिवक्ता दिपकविक्रम मिश्रको निवेदनमा सर्वोच्चले यस्तो आदेश जारी गरेको हो।

५३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया