आइतबार १९ आषाढ २०७९

जुन भीरबाट करिब एक वर्ष अघि घाँस काट्ने सिलसिलामा आमाको ल’डेर ज्या’न गएको थियो संजोग त्यस्तै भयो अहिले छोरीको पनि त्यही भीरबाट लडेर ज्यान गएको छ ।

बागलुङ्ग जिल्लाको गल्कोट नगरपालिका वडा नं. ११ रिघाको फलाँटे भन्ने ठाउँमा एकहप्ता अगाडी बाइकसँगै भीरबाट ख’स्दा २४ वर्षकी कुमारी नेपालीको ज्या’न गएको हो ।

ग’म्भीर घा’इते भएकी उनलाई तत्कालै भरतपुर लगीएको थियो । उपचार संभावना नभएको भन्दै घर फर्काएको केही दिनमै फेरी काठमाडौं बीर हस्पिटलमा लगिएको थियो । उनको हस्पिटलमै हिजो बिहीबार प्रा’ण गएको हो ।

भीरमा रहेको घुम्तीबाट करिब २०० मिटर तल खसेकी कुमारी गाउँमै बाइक सिक्ने क्रममा दु’र्घ’टनामा परेकी थिइन।

उनीकी आमा पनि करिब एक वर्ष पहिले घाँस काट्ने क्रममा सोही ठाउँबाट लडेकी थिइन । अहिले कुमारीकाे पनि मृ’त्यु भएपछि घरमा उनका बाबा मात्रै छन् ।

२८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया