बिहिबार २३ आषाढ २०७९

स्रोत नखुलेका झण्डै ४० लाख रुपैँया स्कुटरमा लिएर हिँडिरहेका एक युवा पक्राउ परेका छन्स्कु टरको डिक्कीमा स्रोत नखुलेको ४० लाख लिएर हिँडेका युवा पक्राउ स्रोत नखुलेका झण्डै ४० लाख रुपैँया स्कुटरमा लिएर हिँडिरहेका एक युवा पक्राउ परेका छन् ।

महोत्तरीको मट्टिहानीबाट स्रोत नखुलेको ३९ लाख ८० हजार रुपैयाँसहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धनुषा मुखियापट्टि मुसहरनिया १ का ३८ वर्षीय संजयकुमार साह रहेका महोत्तरी प्रहरीले जनाएको

अनटेस्ट स्कुटरमा लुकाएर ल्याएको रकमसहित साहलाई जिल्ला प्रहरी र मट्टिहानी चौकीबाट गस्तीमा खटेको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए । नेपाल–भारत सीमाबाट नेपालतर्फ आउँदै गरेका साहको साथबाट स्रोत नखुलेको रकम बरामद भएकाले उनलाई कानुनबमोजिम कारबाहीका लागि जलेश्वर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

१६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया