शनिबार १५ माघ २०७८

काठमाडौं । रुपा सुनारलाई आफ्नो घरमा कोठा भाडा नदिएका कारण पक्राउ परेकी सरस्वती प्रधान बुधवार तीन दिनको हिरासतपछि रिहा भएकी छन् । स्थानिय र नेवार समुदायका संघसंगठनले सरस्वतीलाई पक्राउ गरेको घटनालाई लिएर चर्को विरोध गरेका थिए । उनलाई छुटाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ आफै गाडी लिएर पुगेका थिए ।

सरकारी वकिलको कार्यालयले सरस्वतीलाई मु द्दा चलाउन प्रर्याप्त आधार नपुगेको भन्दै दर्ता गर्न मानेन । त्यस पछि उनी हाजिरी जमानीमा बुधवार प्रहरी हिरासतवाट छुटेकी हुन् । सरकारवादी रहेको जातीय भेदभाव तथा छुवाछूत कसुर घटनाका आरोपीलाई छुटाउन शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ आफै पुगेका थिए ।

असार १ गते बबरमलस्थित एक घरमा कोठा भाडामा लिने कुरामा सहमति भएको तर डेरा लिन जाने व्यक्तिले आफु कामी हो भनेर जानकारी गराएपछि जातकै कारण कोठा नदिएको भन्दै रुपा सुनारले प्रहरीमा उजुरी दिएकी थिइन् ।

तर, बुधबार स्थानीयको विरोध प्रदर्शनपछि प्रधान रिहा भएकी छिन् । प्रधानको पक्षमा सडकमा उत्रिएकाहरुले उल्टै उजुरी दिने दलित युवती रुपा सुनारमाथि कारवाही हुनुपर्ने बताएका छन् । रुपाले प्रहरीमा दिएको जाहेरी यस्तो छ ।

३७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया