आइतबार १७ साउन २०७८

काठमाडौ । लगातारको वर्षाका कारण पहिरो खस्दा बिहिबार जिल्लाका दुई बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख दानबहादुर मल्लाका अनुसार पहिरामा परेर दिपायल सिलगढी नगरपालिका–५ का ७ वर्षीय बालक बिनोद भण्डारी र ११ वर्षीया बालिका जेनिषा विष्टको निधन भएको छ । गाउँ नजिकैको चिसापानी भन्ने ठाउँ बाख्रा चराउन गएका बेला उनीहरू पहिरामा पुरिएका थिए ।

दिउँसो पानी परेपछि ओत लाग्न ओडारमा बसेको बेला ओडार माथीबाट पहिरो खस्दा उनीहरू च्यापिएका थिए । च्यापिएको खबर थाहा पाएपछि नेपाल प्रहरी, स्थानीयवासी उक्त स्थानमा पुगी पहिरो पन्छ्याएर निकाल्दा उनीहरूको मृत्यु भइसकेको थियो । जिल्लामा पहिरामा परेर हालसम्म तीन जनाको ज्यान गइसकेको छ ।

पहिरोले सधैंका लागि लागेर गयो दिपायल सिलगढि नगरपालिका वडा ७ रातुलीकी ऐश्वर्या बिष्टकी छोरि जेनिषा विष्ट र उनकै मामाका छोरा आज बेलुकि बाख्रा चराउन गयको बेला पहिरोमा च्यापियर मृत्यु भएको खवरले अत्यन्तै मर्माहत बनायो छ दुबै मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समबेदना प्रकट गर्द्छौं।

२६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया