आइतबार १७ साउन २०७८

तल्लो जात’को भन्दै कोठा भाडा नदिएको घरबेटीविरुद्ध सञ्चारकर्मी रूपा सुनारले प्रहरीमा जाहेरी दिएकी छिन् । संचा’रकर्मी सुनारले तल्लो जात भन्दै कोठा भाडा नदिएकी काठमाडौं महानगरपालिका– ११ बबरमहलकी सरस्वती प्रधा’नविरुद्ध ​बिहीबार महानगरीय प्रहरी वृत्त सिंह’दरबारमा जाहेरी दर्ता गराएकी हुन् ।

उनले आफूमाथि भएको विभे’दविरुद्ध अधिकारकर्मी , पत्रकार र कानून व्यावसायीको उपस्थिती र छलफल जातीय भेदभाव छुवा’छुत तथा कसुर र सजाय ऐन, २०६८ अनुसार प्र’हरीमा जाहेरी दर्ता गराएकी हुन् ।

आफूलाई तल्लो जातको भन्दै प्रधानले कोठा भाडामा नदि’एको पीडित सुनारको गु’नासो छ । कोठा दिन अस्वीकार गर्ने घरबेटीविरुद्ध कारबाही हुनु पर्ने पीडित सुना’रको माग छ।

मंगलबार उनी साथी’सँग कोठा खोज्न प्रधानको घरमा पुगेकी थिईन् । प्रधानको घरमा कोठा खाली थियो । कुराकानी पछि कोठा दिन मन्जुर भएको, कोठा दिइसकेपछि घरधनी प्र’धानले कुन थरको भन्ने प्रश्न गरेको र जवाफमा सुनारले ‘ कामीकी छोरी’ भनेकी थिइन् । जवाफ सुन्ने बित्तिकै घरधनी प्रधानले अनक’नाउँदै साँझ फोनमा जा’नकारी दिने बताइन्।

साँझमा रुपासँगै गएकी साथीला’ई फोन गरेर यस्तो मान्छे किन ल्याएको भन्दै त्यस्ता’लाई कोठा दिन नमिल्नै भन्दै जवाफ दिएकी थिइन् । घरबेटीको घरमा कोठा खाली भएपछि रुपाकी साथी’लाई कोठा बस्ने मान्छे समेत लिन आग्रह गरेकी थिईन्। घटना लगत्तै सुनारले मंगलबार साँझ आ’फूमाथि माथि भएको जातीय विभे’दको बारेमा भिडियो सार्वजनिक गरेकी थिइन्। न्युज24बाट

१३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया