आइतबार १७ साउन २०७८

काठमाडौँ । आफुलाई ‘सामाजिक अभियन्ता’ भनेर परिचय दिने ज्वाला संग्रौलाको समुहको दबाबमा महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जबाट सरुवा गरिएका असई मणिकान्त झालाई पुनः सोही कार्यालयमा फिर्ता गरिएको छ । उनलाई ज्वालाको समुहले प्रहरी कार्यालयमै गएर थर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

आफैँले आफैँलाई अभियन्ता दाबी गर्दै हिँड्ने ज्वाला संग्रौला र उनको समूहबाट प्रहरी कार्यालयभित्रै नराम्रो ब्यवहार खेपे लगत्तै उनलाई सरुवा गरिएको थियो । तर फेरी उनलाई फिर्ता गरिएको हो ।

मणिकान्तलाई महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जबाट महानगरीय ट्राफिक प्रहरी महाशाखा, बग्गीखानामा तानिएको थियो । काज फिर्ता भएपछि उनी बुधबार नै महाराजगञ्जमा हाजिर भएका छन् ।

के थियो घटना ?
गत जेठ ११ गते ड्युटीमा खटिएका मणिकान्तसहितको ट्राफिक प्रहरीको टोलीले निषेधाज्ञाको बेला पासबेगर सवारी साधन लिएर हिँडेका उनीहरुलाई रोकेर नियमअनुसार होल्ड गराएका थिए।

सामान्य विवाद भएपछि उनीहरुले असई मणिकान्तले आफूहरुमाथि दु र्व्य वहार गरेको आरोप लगाएका थिए । त्यसपछि उनकै कार्यालय महाराजगञ्ज पुगेका संग्रौलासहितको टोलीले असई झामाथि दु र्व्य वहार गर्दै सञ्चारकर्मीसमेत बोलाएर भिडियो खिच्न लगाएका थिए ।

उक्त भिडियो केही दिनअघि ‘भाइरल’ भयो । भिडियोमा देखिएअनुसार संग्रौलासहितको टोलीले ‘झा‘ मधेशी‘ अब मधेशतिरै गएर खेती किसानी गर्नू । ट्राफिकको जागिर खाएर काम छैन‘ जस्ता नश्लीय शब्दसहित दु र्व्य वहार गरेका थिए।

यतिमात्र होइन भिडियोमा संग्रौलासहितको टोलीले ‘ज्वाला संग्रौला भन्ने को हो ? नाम सुनेको छ रु प्रहरीको फुली लगाए भनेर ठूला कुरा गर्ने होइन नि फेरि । तपाईंको आईजीपीले सम्मान गरेर हिँडेको मान्छे हो ज्वाला संग्रौला । म ठेगान लगाइदिन्छु, एनीहाउ सरुवा हुनुपर्छ, गराइदिन्छु’ भनेर प्रहरी कार्यालयभित्रै असईलई ध म्क्या एको देखिन्छ ।

१११ पटक हेरिएको

तपाईको प्रतिक्रिया