सोमबार १० माघ २०७८

काठमाडौं : यतिबेला सामाजिक संजालमा एउटा भि’डिओ भाइरल छ। मुम्बाई रेसिडेन्सियल कम्प्लेक्सको पार्किङमा भएको एउटा गाडी खा’ल्डोमा डु’बेको भिडिओ भा’इरल भइरहेको भारतीय अखबार अटो हिन्दुस्तानले जनाएको छ। आइत बार देखि भाइरल भिडिओमा कार पार्किङ गरिरहेको ठाउँमा खा’ल्डो देखिन्छ। त्यही खाल्डोमा अगाडिको भाग हुँदै बिस्तारै गाडी डु’ब्न थाल्छ । भिडिओको अन्तिम सम्ममा हेर्दा गाडी पूरै डु’ब्छ। यो घ’टनाले सबैलाई च’कित बनाएको छ । किनभने पार्किङ क्षेत्र सिमेन्टले बनाइएको छ। घट’ना पश्चिम घाट्कोपर स्थित राम निवास सोसाइटीको हो।

त्यही सोसाइटीका एक बासिन्दाले भिडिओ खिचेका हुन्। गाडी डुबे पनि कुनै मानवीय क्ष’ति नभएको अटो हिन्दुस्तानले जनाएको छ। मुम्बईमा पछिल्लो सातादेखि निकै भारी वर्षा भइरहेको छ। सुरूमा भारी वर्षाका कारण जमिनको माटो नरम भएर खा’ल्डो परेको अनुमान लगाइएको थियो। तर अनुसन्धानपछि त्यो ठाउँमा पहिले इनार भएको पाइएको छ । इनार भएको ठाउँलाई पुरेर सिमेन्टको स्ल्याब राखिएको थियो । इनार झन्डै ४० फिट गहिरो थियो । ‘हाउजिङ सोसाइटीले इनारलाई कन्क्रिटले छोपेको थियो। र, यो ठाउँमा सोसाइटीका बासिन्दाहरू पार्किङ गर्दै आएका रहेछन्,

‘ब्रिहन मुम्बई म्युनिसिपल कर्पोरेसन (बिएमसी) को भनाइ उद्धृत गर्दै अटो हिन्दुस्तानले लेखेको छ, ‘पुलिसको टोली आएर गाडीलाई क्रेनले इनार बाट माथि ता’न्यो । अहिले इनार भएको ठाउँमा बासिन्दालाई जानबाट रोकिएको छ ।’ उक्त घटनाबारे सामाजिक संजालमा थुप्रै टिप्पणीहरू आइरहेका छन् । महिन्द्रा ग्रुपका अध्यक्ष आनन्द महिन्द्राले समेत आफ्नो ट्विटरमा भिडिओ सेयर गर्दै भनेका छन्, ‘पृथ्वी रिसाइरहेको छ । साथै भो’कै छ जस्तो छ। यता बिएमसीले भने उक्त घ’टनाको कुनै जिम्मेवारी नलिने बताइरहेको छ। तर सोसाइटीका बासिन्दालाई सुर’क्षा प्रणाली अपनाउन भनिएको छ।

९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया