शुक्रबार ०४ आषाढ २०७८

चर्चित भारतीय गायिका श्रेया घोषाल आमा बन्ने भएकी छिन् । हालै उनले केही तस्वीरहरु आफ्नो इन्ष्टामा सार्वजनिक गरेकी थिइन् । सुटुक्क बिहे गरेकी श्रेया यहि बर्षको जुन महिनामा आमा बन्ने बताइएको छ ।

बलिउडकी चर्चित यी गायिका श्रेया घोषाल विवाह गरेको ६ वर्षपछि आमा बन्दैछिन् । सामाजिक सञ्जालमा ‘बेबीबम्प’ सार्वजनिक गर्दै हुनेवाला बच्चाको नाम समेत जुराइसकेको बताएकी छिन् ।

३६ वर्षिय यी गायिकाले आफ्ना श्रीमान शिलादित्य मुखोपाध्यायको नामसंग मिलाएर नाम राखेको जानकारी दिएकी छिन् । ‘बेबी श्रेयादित्य बाटोमा छ । शिलादित्य र म तपाइहरुलाई यो खबर सार्वजनिक गरिरहँदा असाध्यै खुसी भएका छौं । हामीलाई तपाईहरुको माया र आशिर्वादको खाँचो छ ।’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

५ फेब्रुअरि २०१५ मा श्रेयाले प्रेमी शिलादित्यसंग विवाह गरेकी थिइन् । उनीहरुले विवाह पनि सुटुक्क गरेका थिए । बैबाहिक कार्यक्रममा दुवै पक्षका पारिवारिक सदस्यको मात्रै उपस्थिती थियो ।

उनको गायनयात्रा हिन्दी चलचित्र ‘देवदास’बाट सुरु भएको थियो । शाहरुख खान, ऐश्वर्या राय र माधुरी दिक्षित अभिनित फिल्ममा पाँँचवटा गीत गाएकी थिइन् । पाँचै गीत बिनकै चर्चित भएको थियो ।

१७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया