बुधबार ०६ आश्विन २०७८

काठमाडौ । उर्लावारीको प्रविण वास्तोला घ´टनाले फेरी अर्को रुप लिएको छ । घ´टना अनुसन्धानमा प्रहरीको लापरवाही भएको भन्दै आन्दोलनमा उत्रिएका प्रविणको परिवारले थप लापरवाहीको प्रमाण फेला पारेपछि आन्दोलिन भएका छन् ।

दुई महिना अघि रहस्यम निधन भएका प्रविणको घ´टना अनुसन्धानमा प्रहरीले तयार पारेको फाइलमा प्रविणको ठाउँमा अर्कै मानिसको तस्बिर राखेको पाइए पछि परिवार आन्दोलनमा उत्रिएका थिए ।

परिवारले बारम्बार घ´टनामा संलग्न भएकाहरुलाई पक्राउ गरी अनुसन्धान थाल्न आग्रह गर्दा प्रहरीले ढिलाई गरेको आरोप लगाउँदै आएका थिए । त्यसै बेला प्रहरीले तयार पारेको फाइलमा अर्कै ब्यक्तिको तस्बिर देखिएपछि थप बबाल भएको थियो ।

अहिले प्रहरीले तयार पारेको सो फाइल अदालतमा पुगेको छ । घ´टनामा संलग्न भएका भनिएकाहरु पक्राउ परेका छन् । तर प्रहरीले तयार पारेको फाइलमा थुप्रै त्रुटि फेला परेको भन्दै प्रविणको बहिनी सदिक्षा फेरी आन्दोलनमा उत्रिएकी छन् ।

उनले घ´टना अनुसन्धानमा लापरवाही गर्ने प्रहरीलाई पनि कारवाही हुनुपर्ने माग राखेकी छन् । नियतवस अनुसन्धान फितलो गरेर घ´टनामा संलग्नलाई उन्मुक्ति दिन प्रहरीले फाइलमा त्रुटिपूर्ण प्रमाण पेश गरेको सदिक्षाको भनाई छ ।

प्रहरीले तयार पारेको फाइल अदालत पुगेपछि उनीहरुले पनि एक कपि बनाएर अध्ययन गरेका थिए । अध्ययनका क्रममा धेरै गलत कुराहरु फेला परेको सदिक्षाको भनाई छ । नियतवस गलत प्रमाण पेश गर्ने प्रहरीलाई का´रवाहीको माग राख्दै आन्दोलन सुरु भएको हो ।

२२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया