आइतबार १७ साउन २०७८

काठमाडौ । दिन दहाडै करोडौको रकम लु’टिएको छ ।नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा यस्तो चोरी देखा परेको हो ।लाइभ हिन्दुस्तानका अनुसार हाजीपुरस्थित एचडीएफसी बैंकको करोडौं रकम चो’री भयो ।

समुहमा बैंकभित्र प्रवेश गरेका पाँच जना लु’टेराहरूले दिन दहाडैं झण्डै २ करोड लुटेर भागेका छन् ।उनीहरूले यो पैसा बोरामा लिएर गएको भिडियोमा देख्न सकिन्छ ।बोरा बोकेर आएका लु’टेराहरु बैक भित्र छिरे ।उनीहरुले बैकमा भएको सबै पैसा बैकमा राखे ।

कसैलाईपनि ह’ल्ला नगर्न भनेपछि बैकका सबै स्टाफ चुपचाप रहेको सिसिटिभीमा देखिन्छ । त्यसपछि आनन्दले पैसा बोरामा हो । त्यसपछि उनीहरु त्यहाँबाट भागेको देखिन्छ ।

थप समाचार- चीनले अन्तरिक्षमा निर्माण गरेको आफ्नै नयाँ अन्तरिक्ष केन्द्रमा अन्तरिक्ष यात्रीहरु पठाउन रकेट तयार भएको जनाएको छ ।

यो रकेट अर्को साता अन्तरिक्षतर्फ पठाइने तयारी चीनले गरेको छ ।चीनले पहिलो पटक तीन जना अन्तरिक्ष यात्रीलाई नयाँ अन्तरिक्ष केन्द्रमा पठाउँदैछ । उनीहरु तीन महिना अन्तरिक्षमा रहने छन् । उनीहरुले त्यहाँ रहँदा अन्तरिक्ष केन्द्र बाहिर हिँड्ने (स्पेसवाक), निर्माण र मर्मतका साथै वैज्ञानिक अनुसन्धान गर्नेछन् ।

तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्रको मुख्य खण्ड गत अप्रिल २९ मा अन्तरिक्षमा पठाइएको थियो भने गत महिना अन्तरिक्ष यात्रीका लागि आवश्यक इन्धन, खाद्यान्न र उपकरण बोकेको कार्गो रकेट पठाइएको थियो ।लङ मार्च–२एफ वाई१२ रकेटलाई बुधबार चीनको उत्तरपश्चिम स्थित जिक्वान स्याटेलाइट लन्च सेन्टरमा पठाइएको छ ।

यो रकेटले सम्भवतः आगामी बुधबार अन्तरिक्ष यात्रीहरुलाई अन्तरिक्षमा पठाउने छ ।चिनियाँ अन्तरिक्ष इन्जिनियरिङ कार्यालयले अर्को वर्षको अन्त्यसम्ममा ११ वटा रकेट प्रक्षेपण गर्नेछ जसले दुई वटा प्रयोगशाला मोड्युलहरु अन्तरिक्षमा पठाउने छ । हाल तियान्हेको वजन करिब ७० टन छ ।

चीनले चार पटक अन्तरिक्ष यात्रीहरु अन्तरिक्षमा पठाउने योजना बनाएको छ ।चीनले पठाउन लागेका अन्तरिक्ष यात्रीहरुमा वरिष्ट अन्तरिक्ष यात्रीहरु, नयाँ व्यक्तिहरु र महिलाहरु पनि रहेका छन् । चीनले यसअघि ११ जना यात्रीलाई अन्तरिक्षमा पठाइसकेको छ जसमा सबैजसो चीनको सेनाका पाइलटहरु रहेका छन् ।

हालसम्म संयुक्तराज्य अमेरिका र रुसले अन्तरिक्षमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र बनाएका छन् । यी केन्द्रमा अमेरिका र रुस समेत अन्य देशका अन्तरिक्ष यात्रीलाई अवसर दिइए पनि चीनलाई भने सुरक्षा खतरा भन्दै संयुक्तराज्य अमेरिकाले सहभागी गराइ रहेको छैन ।

१९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया