बुधबार ०५ माघ २०७८

काठमाडौ । श्रीमतीलाई तन्नामा बेरेर मस्र्याङदी नदीमा फा ले को आरोपमा एक षुरुषलाई प्रहरीले आज पक्राउ गरेको छ । पालुङाटार नगरपालिका–७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा रहेका उनले घटना स्वीकार गरेको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।

कामीले आज बिहान २४ वर्षीय श्रीमती सम्झना रेग्मीलाई गोरखा र तनहुँ जोड्ने नयाँपुलस्थित झोलुङ्गे पुलबाट फा ले को देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सोधपुछ गर्दा श्रीमतीको गए राति नै मृत्यु भएकाले एक्लै अन्तिम संस्कार गर्न सम्भव नभएकाले यस्तो कदम चालेको बताएका छन् । नदीमा फा लि एको भनिएको शवको खोजी भइरहेको भए पनि अहिलेसम्म फेला नपरेको उनले जानकारी दिए ।

कामीलाई अस्थायी प्रहरी पोष्ट बिरुवाटार र इलाका प्रहरी कार्यालय ठाँटी पोखरीको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका कामी बेवारिसे अवस्थामा नयाँपुलमुनि ओडारमा श्रीमती सम्झनासंग बस्दै आएको खुलेको छ । उनीहरुले छ महिना अघिमात्र बिहे गरेका थिए । घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

२५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया