बिहिबार २३ आषाढ २०७९

इटहरी / नर्भिक अस्पतालमा उपचार सुरु भएपछि मोडल निशा घिमिरेको अनुहारमा चमक देखिएको छ । जीवन मरणको दोसाधमा रहेकी उनको अस्पतालको बेडबाट ताजा तस्वीर सार्बजनिक भएको छ ।जस्मा उनी मन्द मुस्कुराईरहेको महसुस गर्न सकिन्छ । उनको यस्तो अवस्थाबारे थाहा पाएपछि नर्भिक अस्पतालकि प्रबन्ध निर्देशक मेघा चौधरीले नि:शुल्क उपचारको जिम्मा लिएकी थिइन् ।

गएको तीन वर्षअघि अभिनयको कोर्स पढ्न भारतको देहरादून जाँदै गर्दा सडक दुर्घटनामा परी मोडल निशा घिमिरे गम्भीर घाइते भएकी थिइन् । आर्थिक अभावका कारण शरीर अस्थिपन्जरमा परिणत हुँदै गएपछि अहिले भने उनको उपचार सुरु भएको छ ।

मिडियामा उनको दर्दनाक फोटो र तस्विर सार्बजनिक भएपछि उनको सो अवस्थामा राहत दिन समाजसेवी समेत रहेकी चौधरीले उद्धार गरेकी हुन् ।

२६० पटक हेरिएको

तपाईको प्रतिक्रिया