सोमबार ३१ जेठ २०७८

सुर्खेत। मानवअधिकार आयोगको टोली सुर्खेतको गुर्भाकोट नगरपालिका–११ सोतीस्थित राउटे बस्तीमा पुगेको छ। राउटे युवतीको र स्वास्थ्य परीक्षण र डीएनए टेस्ट गर्ने उद्देश्यले आयोगको टोली त्यहाँ पुगेको हो।

टोलीले दु’र्व्य ’व हारमा परेका राउटे युवतीको स्वास्थ्य परीक्षण र उनीहरूको सुरक्षाका लागि पहल शुरु गरेको हो। महामुखियालाई दुई युवतीसहित वीरेन्द्रनगर आउन आग्रह गरिएको आयोगले जानकारी दिएको छ।

हालसम्म पनि राउटे युवतीमाथि भएको घटनाबारे उक्त समुदायका मानिसलाई जानकारी छैन। यस घटनाबारे थाहा भएमा उनीहरुले युवतीलाई कडा सजा’य दि ने बुझिएको छ। समुदायमै युवतीको ज्या न जो खि ममा रहेका कारण प्र’हरी पनि तै नाथ गरिएको छ।

मानवअधिकार आयोगको टोलीले राउटे समुदायलाई थाहा नदिएर पीडित युवतीलाई परामर्श गरी स्वास्थ्य परीक्षण गर्ने आयोगको कर्णाली प्रदेश कार्यालय, जुम्लाका सूचना अधिकारी किरण बरमले जानकारी दिएका छन्।

राउटे बस्तीमा पुगेको टाेलीसँग पीडित युवतीले आफूहरूलाई स्थानीय युवाले अत्यधिक मात्रामा म’दि रा खु वाएर बेहो’स बनाएको बताएका छन्। ‘राउटे युवतीले आफूलाई अत्यधिक म’दिरा खुवाएर स्थानीय युवाहरुले त्यस्तो काम गरेको बताएका छन्। धेरै कुरा अहिले भएको छैन,’ बस्तीमा रहेका आयोगको टोलीका सदस्यकाे भनाइ उद्धृत गर्दै बरमले भने।

प्र’हरीले राउटे युवतीमाथि दु’र्व्य’वहार गरेको आ रोपमा प्र’हरीले गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भूपेन्द्र बुढा र २९ वर्षीय विनोद पुनलाई प’क्राउ गरिसकेको छ भने हाल उक्त बस्तीमा अन्य व्यक्तिलाई जान दिइएको छैन।

८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया